सल्यानमा अरिङगालको टोकाइबाट एक युवकको मृत्यु
साउन ०७, सल्यान। सल्यानमा अरिङगालको टाेकाईबाट एक युवकको मृत्यु भएको छ।
जिल्लाको शारदा नगरपालिका १ दारिमचौर निवासी २६ बर्षिय कृष्ण थापाको अरिङगालको टोकाइबाट मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सल्यानले जनाएको छ।
शनिबार दिउसो करिव ३:३० बजे तिर आँपको रुखमा आँप खान जाने क्रममा उनलाइ अरिङगालले टोकेको थियो।
अरिङगालले टोकेर घाइते भएका थापालाइ श्रीनगर स्थित कर्णाली अस्पतालमा प्राथमिक उपचारपछि थप उपचारकोलागि नेपालगन्ज लग्ने क्रममै कपुरकोट गाउँपालिका ५ (अरिङगाले फेदी) पुगेको बेला करिव ६ बजेतिर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सल्यानले बताएको छ।
शवलाइ अहिले पोस्टमार्टमकोलागि जिल्ला अस्पताल सल्यानमा राखिएको छ।
प्रतिकृया दिनुहोस्