August 27, 2026, Thursday
२०८३ भाद्र १२, शुक्रबार
सल्यानमा अरिङगालको टोकाइबाट एक युवकको मृत्यु

सल्यानमा अरिङगालको टोकाइबाट एक युवकको मृत्यु

साउन ०७, सल्यान। सल्यानमा अरिङगालको टाेकाईबाट एक युवकको मृत्यु भएको छ।

जिल्लाको शारदा नगरपालिका १ दारिमचौर निवासी २६ बर्षिय कृष्ण थापाको अरिङगालको टोकाइबाट मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सल्यानले जनाएको छ।

शनिबार दिउसो करिव ३:३० बजे तिर आँपको रुखमा आँप खान जाने क्रममा उनलाइ अरिङगालले टोकेको थियो।

अरिङगालले टोकेर घाइते भएका थापालाइ श्रीनगर स्थित कर्णाली अस्पतालमा प्राथमिक उपचारपछि थप उपचारकोलागि नेपालगन्ज लग्ने क्रममै कपुरकोट गाउँपालिका ५ (अरिङगाले फेदी) पुगेको बेला करिव ६ बजेतिर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सल्यानले बताएको छ।

शवलाइ अहिले पोस्टमार्टमकोलागि जिल्ला अस्पताल सल्यानमा राखिएको छ।