भालुको आक्रमणमा परि सल्यानमा एक महिला घाईते
असार १०, सल्यान । भालुले आक्रमण गर्दा सल्यानमा एक महिला गम्भीर घाईते भएकी छन। शुक्रबार जिल्लाको कालिमाटी गाउँपालिका वडा नं. ५, हात्तिदमार बस्ने ६० बर्षकी चन्द्रकला बुढा भालुको आक्रमणमा परि घाईते भएकी हुन ।
स्थानिय भुसाबारी मध्यवर्ति सामुदायिक वनमा बाख्रा चराउन गएको अवस्थामा अपरान्ह अन्दाजी ३:४५ बजेको समयमा भालुले आक्रमण गर्दा बुढा घाईते भएकी हुन। भालुले बुढाको दाहिने खुट्टा भालुले टोकेर पुरै ड्यामेज छ ।
घाईते बुढालाई स्थानिय दमदवाली स्वास्थ्य चौकीमा सामान्य उपचार पछि थप उपचारको लागी नेपालगंज रिफर गरिएकोमा अवस्था निकै गम्भीर रहेको जिल्ला प्रहरी कार्यालय सल्यानले जनाएको छ ।
प्रतिकृया दिनुहोस्