१३ लाख ५० हजार लागतको भाइरल सडक
पहाडमा खनिएको नेपाली झन्डा आकारको एउटा सडक केहि दिन यता सामाजिक संजालमा भाइरल भएको छ । उक्त सडक दैलेखको महाबु गाउँपालिकाको काब्री खोला नेरको हो ।
सवारी साधन त के मान्छे हिड्न समेत मुस्कील पर्ने जस्तो देखिने उक्त सडक गाउँपालिकाले उपभोक्ता समिति मार्फत १३ लाख ५० हजारमा निर्माण गरिएको वुझिएको छ ।
सडक निर्माणको लागी ४ लाख पेश्की भुत्तानी भइसके पनि सडकको लागत स्टीमेट भने नबनाइएको इञ्जिनियर नविन थापाले बताएका छन । तर गाउँपालिका अध्यक्ष्य जंगबहादुर शाहिले भने उक्त सडक बारे अर्थहिन मिडियावाजि भएको बताएका छन ।
उनका अनुुसार लकडाउन अघि निर्माण भएको उक्त सडकको लकडाउन सुरु भएपछि ग्रेड मिलानको काम बाँकि रहेको छ । साथै उनले काम अनुुसार सडकको भुक्तानी हुने र हालसम्म एक रुपैंया पनि भुक्तानी नभएको बताएका छन ।
#भाइरल सडक
प्रतिकृया दिनुहोस्