January 19, 2025, Sunday
२०८१ माघ ६, आईतवार
नेकपा (एमाले) सल्यानको नवौं जिल्ला अधिबेशनको लोगो सार्वजनिक

नेकपा (एमाले) सल्यानको नवौं जिल्ला अधिबेशनको लोगो सार्वजनिक

पौष १८, सल्यान । नेकपा (एमाले) सल्यानको नवौं जिल्ला अधिबेशनको लोगो सार्वजनिक भएको छ । आइतबार सामाजिक संजाल मार्फत प्रचारप्रसार उपसमितिले लोगो सार्वजनिक गरेको हो ।

सार्वजनिक गरिएको लोगोमा देब्रेपट्टी कम्युनिस्ट पार्टीको झण्डा, बिचमा पार्टीको चुनाव चिन्ह सुर्य, सुर्यको बिचमा सल्यान जिल्लाको नक्सा र पर्यटकिय स्थलहरू, उक्त सुर्यको वरपर नवौं जिल्ला अधिबेशनको प्रतिकका रुपमा ९ वटा सुर्य- हसियाहतौडा अंकित पार्टीको लोगो समाबेश गरिएको छ ।

जिल्लाको कृषि, उद्योग, व्यापार, पूर्वाधार र पर्यटन प्रवर्द्धनको लागि लोगोमा कुपिण्डे ताल, खैरावाङ मन्दिर र छत्रेश्वरी शक्तिपिठ जस्ता सम्पदा समाबेश गरिएको प्रचारप्रसार उपसमिति संयोजक दिपेन्द्र प्रकाश डिसीले बताए ।

उनले भने – “नेकपा (एमाले) राजनीतिक क्रान्तिको मात्रै नभएर देश निर्माणको पनि नायक भएको र समृद्ध नेपाल, सुखी नेपालीको नेतृत्वकर्ता पार्टी हो। देश निर्माण र विकासको सन्देश दिन लोगोमा अमुल्य सम्पदा र पूर्वाधार निर्माणको प्रतिकहरू राखिएको हो।” यहि पौष २३ र २४ गते नेकपा (एमाले) सल्यानको नवौं जिल्ला अधिबेशन हुने तय भएको छ ।