एमाले १० औं महाधिवेशनका लागि सल्यान बाट ८ जना प्रतिनिधि चयन
कार्तिक २६, सल्यान। नेकपा एमालेको दशौं राष्ट्रिय महाधिवेशनका लागि सल्यान बाट ८ जना प्रतिनिधि सर्वसम्मत चयन भएका छन् । जिल्ला गोविन्द पुन सहितका प्रतिनिधि चयन भएका हुन् ।
प्रतिनिधि चयनको लागी जिल्ला कमिटी बैठकले गठन गरेको समितिले आपसी समझदारीमा सर्वसम्मत प्रतिनिधि चयन गरेको बताइएको छ । जसमा खुलातर्फ जिल्ला अध्यक्ष गोविन्द पुन,लोक बहादुर डाँगी, भिमबहादुर सेन, तिलक मल्ल र दान बहादुर केसीलाई चयन भएका छन् ।
महिलातर्फ पुष्पा बोेहरा र सनशितला ओली र दलितबाट जनक विक चयन भएको एमाले सल्यान निर्वाचन कमिटीले जनाएको छ ।
प्रतिकृया दिनुहोस्