गल्ती स्वीकार्दै शेखर कोइरालाले गरे क्षमायाचना
मंसिर २१, सल्यान । नेपाली कांग्रेसका केन्द्रिय सदस्य तथा १४ औं महाधिवेशनमा सभापति पदका दावेदार नेता शेखर कोइरालाले क्षमायाचना गरेका छन ।
मंगलबार बिहान सामाजिक संजाल फेसबुक मार्फत संक्षिप्त वक्तव्य दिदै कोइरालाले १४ औं महाधिवेशन अन्तरगत प्रदेश स्तरको अधिबेशनमा मतदान नगरेकोमा कमजोरी भएको स्वीकार गरेका हुन ।
कानुनी परामर्श अनुसार नेपाली कांग्रेस १४औं महाधिवेशनमा प्रदेशस्तरसम्म केन्द्रीय नेताहरुले मतदान गर्दा भविष्यमा जटिलता आउन सक्ने बुझेर मतदान नगर्नु उपर्युक्त ठानेंको उनले बताएका छन ।
प्रदेश नं १ को अधिबेशनमा संस्थापन पक्षका उम्मेदवार सँग संस्थापन इतरका (पौडेल – कोइराला ) पक्षका गुरुराज भट्टराई २ मत अन्तरले पराजित भएका थिए । शेखर, सुजाता लगाएत नेताहरूले मतदान नगरेर असहयोग गरेकोले भट्टराई पराजित भएको आरोप लागेको थियो ।
सोही बिषयलाई स्पष्टीकरण पार्दै कोइरालाले क्षमायाचना गरेका हुन । उनले लेखेका छन “कांग्रेस १४औं महाधिवेशनमा प्रदेशस्तरसम्म केन्द्रीय नेताहरुले मतदान गर्न पाउने वा नपाउने विषय शुरु देखि नै “संशय” थियो।”
“कानुनी परामर्शबाट मतदान गर्दा भविष्यमा जटिलता आउन सक्ने बुझियो। तसर्थ मतदान नगर्नु उपर्युक्त ठानें।
यसक्रममा म बाट भएको कमजोरीप्रति सचेत रहँदै गल्ती भए क्षमाप्रार्थी छु।”
प्रतिकृया दिनुहोस्