May 4, 2026, Monday
२०८३ बैशाख २१, सोमबार
नेकपा समाजवादीको ब्यानरमा फोटो राखिएकोमा वामदेव गौतमको आपत्ति, एमालेमै रहेको दावी

नेकपा समाजवादीको ब्यानरमा फोटो राखिएकोमा वामदेव गौतमको आपत्ति, एमालेमै रहेको दावी

भदौ ०६, काठमाडौं । नेकपा एमालेका उपाध्यक्ष वामदेव गौतम अहिलेसम्म एमालेमै रहेको भन्दै उनको सचिवालयले नेकपा एकीकृत समाजवादीको ब्यानरमा गौतमको फोटो राखिएकोमा उनको सचिवालयले आपत्ति जनाएको छ ।

गौतमका स्वकीय सचिव दीपक टमाटाले आइतबार विज्ञप्ति जारी गर्दै एमाले नेतृत्वको कार्यशैलीप्रति लामो समयदेखि मतभेद राख्दै आए पनि गौतम एमालेमै रहेको जनाएका छन् ।

विज्ञप्तिमा भनिएको छ, ‘आजकल केही दिनदेखि विभिन्न पत्रपत्रिका र सामाजिक सञ्जालमा क। वामदेव गौतमको नाम जोडेर मन्त्री बन्दै हुनुहुन्छ र नेकपा एकीकृत समाजवादी पार्टीमा गैसकेको भन्दै फोटोसहितका ब्यानर प्रकाशित गर्नु उहाँको चरित्र हत्या गर्नुबाहेक केही होइन । क। वामदेव गौतम अहिलेसम्म एमालेमा नै रहेको र नेकपा (एमाले) को नेतृत्वको कार्यशैलीप्रती लामो समयदेखि मतभेद राख्दै आएको कुरा पनि स्वाभाविक हो । तसर्थ अन्य खाले प्रचार(प्रसारमा कुनै सत्यता नभएको जानकारी गराउन चाहन्छु ।’

दुई दिनअघिमात्र गौतमका एकता अभियानको भर्चुअल बैठकले माधव नेपाल नेतृत्वको पार्टीमा समाहित हुने निर्णय गरेको उनका अर्का स्वकीय सचिव शैलेन्द्र राउतले बताएका थिए ।

भर्खरै प्रकाशित

ट्रेन्डिङ न्युज