September 26, 2026, Saturday
२०८३ आश्विन १०, शनिबार
सांसद विमला वलीलाई बन्धक बनाएको आरोपपछि लुम्बिनीका मुख्यमन्त्रीले लेखे यस्तो स्टाटस

सांसद विमला वलीलाई बन्धक बनाएको आरोपपछि लुम्बिनीका मुख्यमन्त्रीले लेखे यस्तो स्टाटस

साउन २१, काठ्माण्डौं । लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले “८७ सदस्यीय प्रदेश सभा कस्को कारणले ८० सदस्यमा झर्यो ?” भन्दै इतिहासले उत्तर अवश्य खोज्ने बताएका छन ।

दाङ बाट निर्वाचित प्रदेश सांसद विमला वलीले आफुलाई मुख्यमन्त्री कार्यालयमा बन्धक बनाइएको बताएपछी बिहिवार सामाजिक संजाल बाट प्रतिक्रिया दिदै पोखरेलले यस्तो बताएका हुन ।

उनले लेखेका छ्न – “दुईजना माननियलाई ‘फकाएर’ राजिनामा गराउन सक्ने, ६ जनालाई ‘अनुशासन’को डण्डा चलाएर निष्कासन गर्न सक्ने र एकजना माननियलाई ‘दल’ परिवर्तन गराउन सक्ने प्रतिपक्षले आज सत्तापक्षलाई ‘अपहरण’को आरोप पनि लगाएछ । ८७ सदस्यिय प्रदेशसभा कस्का कारणले ८० सदस्यमा झर्यो ? इतिहासले उत्तर अवश्य खोज्नेछ ।”