September 19, 2024, Thursday
२०८१ आश्विन ३, बिहीबार
के बामदेव गौतम मन्त्री बन्दैछन ? सचिवालयले दियो यस्तो प्रतिक्रिया

के बामदेव गौतम मन्त्री बन्दैछन ? सचिवालयले दियो यस्तो प्रतिक्रिया

साउन ०५, काठ्मान्डौं । नेकपा एमालेका उपाध्यक्ष वामदेव गौतम उपप्रधानमन्त्री सहित सरकारमा जाने समाचार झुटो रहेको भन्दै उनको सचिवालयले खण्डन गरेको छ ।

मंगलबार गौतमका स्वकीय सचिव दिपक टमटाले गौतमको नाम जोडेर विभिन्न सामाजिक सञ्जाल तथा पत्र पत्रिकामा उपप्रधानमन्त्री तथा गृहमन्त्री बन्दैछ भनी प्रेषित समाचारमा कुनै सत्यता नभएको बताएका छन् ।

उनले यस्ता कपोलकल्पित समाचार गौतमको चरित्र हत्यामा संलग्न अपराधी तत्त्वको दुष्प्रचार बाहेक अन्यथा केही नभएको उल्लेख गरेका छन् ।

हरेक पटक मन्त्रिमण्डल बिस्तार हुने बेला वामदेव गौतम मन्त्री बन्ने खबर विभिन्न अनलाइन सञ्चार माध्यम तथा सामाजिक सञ्जालमा आउने गरेको छ । प्रत्येक पटक गौतमको सचिवालयले यस्ता समाचारहरूको खण्डन गर्दै आएको छ ।

कहाँबाट कसले गौतम मन्त्री हुने हल्ला फैलाउँछ त्यसबारे भने उनले पत्ता लगाउने प्रयास गरेका छैनन् । यद्यपि राष्ट्रिय सभा सदस्य समेत रहेका गौतम आफैले भने संविधान संशोधन गरेर राष्ट्रिय सभा सदस्यलाई पनि प्रधानमन्त्री हुने व्यवस्था गर्नुपर्ने बताउँदै आएका छन् ।

भर्खरै प्रकाशित

ट्रेन्डिङ न्युज