September 24, 2023, Sunday
२०८० आश्विन ७, आईतवार
नेपाल र प्रचण्डबीच एकाबिहानै भेटवार्ता पछि उपेन्द्र माधव निवासमा, करिव एक घण्टा के छलफल भयो ?

नेपाल र प्रचण्डबीच एकाबिहानै भेटवार्ता पछि उपेन्द्र माधव निवासमा, करिव एक घण्टा के छलफल भयो ?

साउन ०५, काठमाडौँ । नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपाल र नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबिच मंगलबार बिहानै भेटवार्ता भएको छ।

प्रचण्डले नेता नेपाललाई कोटेश्वरस्थित उनकै निवास पुगेर भेटेका हुन्। नेपाललाई भेट्न प्रचण्ड बिहान सवा ८ बजे नेपाल निवास कोटेश्वर पुगेका थिए। स्रोतका अनुसार प्रचण्ड झण्डै एक घण्टा भेट गरेर नेपाल निवासबाट बाहिरिएका छन्।

त्यस्तै प्रचण्ड फर्किएलगत्तै जसपा अध्यक्ष उपेन्द्र यादव नेपाल निवासमा प्रवेश गरेका छन् ।

भेटमा भएको कुराकानीको विषय खुलेको छैन । यद्यपि समसामयिक राजनीति र सरकार सन्चालनका विषयमा कुराकानी भएको स्रोतले बतायो ।

नेता नेपाल र उनका समर्थक २२ जना सांसदहरुले असार ३ गते संसदमा प्रधानमन्त्री शेरबहादुर देउवालाई विश्वासको मत दिएका थिए।

पार्टी निर्देशन विपरीत प्रधानमन्त्री देउवालाई विश्वासको मत दिएको भन्दै नेता नेपालसहित २२ सांसदलाई एमालेले स्पष्टीकरण सोध्ने निर्णय गरेको छ।

अध्यक्ष केपी शर्मा ओलीको आह्वानमा सोमबार बसेको एमाले केन्द्रीय समिति बैठकले यस्तो निर्णय गरे पनि आफूहरुले स्पष्टीकरण पत्र प्राप्त नगरेको सांसदहरुले बताएका छन् । सो बैठकमा नेपाल पक्ष भने सहभागी भएको थिएन।

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली पक्षले पार्टीको निर्देशन विपरीत प्रधानमन्त्री शेरबहादुर देउवालाई विश्वासको मत दिने आफ्ना २२ जना सांसदहरुलाई २४ घण्टे स्पष्टीकरण सोध्ने निर्णय गरेको १८ घण्टा बितिसकेको छ।

तर देउवालाई मत दिएका सांसदहरुले अहिलेसम्म ओली पक्षबाट स्पष्टीकरण पत्र पाइनसकेको बताएका छन्। देउवालाई विश्वासको मत दिने माधवकुमार नेपाल पक्षका नेता विरोध खतिवडाले अहिलेसम्म स्पष्टीकरण पत्र प्राप्त नभएको बताए।

उनले भने,‘ हामीलाई स्पष्टीकरण सोध्ने निर्णय गरिएको मिडियाबाट थाहा पाएका हौँ। त्यो कुन आधारमा गरिएको निर्णय होरु कस्तो छरु पत्र प्राप्त भएको छैन।’

नेता खतिवडाले पत्र पाएको अवस्थामा मात्रै त्यसबारे ठोस प्रतिक्रिया दिन सकिने बताए।

उनले भने,‘ शेरबहादुर देउवालाई मत दिँदा दलको ह्वीप उल्लंघन नहुने सर्वोच्चले भनिसकेको छ। पार्टीको बैठकमा नआएको भनेर स्पष्टीकरण सोध्न लागिएको हो भने त्यसबारे थप छलफल होला।’

देउवालाई मत दिने सांसद मेटमणि चौधरीले पनि आफूले अहिलेसम्म स्पष्टीकरण पत्र नपाएको बताए।

सोमबार ओली पक्षीय केन्द्रीय कमिटी बैठकले पार्टीको निर्देशनविपरीत देउवालाई मत दिएको आरोपसहित २२ जना सांसदहरुलाई २४ घण्टे अल्टिमेटमसहित स्पष्टीकरण सोध्ने निर्णय गरेको थियो।

ओली पक्षको केन्द्रीय कमिटी बैठक सोमबार ३ बजे बस्दै छ। ३ असारमा नेपाल पक्षका १४ र ओली पक्षका ८ गरी २२ जनाले देउवालाई विश्वासको मत दिएका थिए।

नेता नेपालकै समर्थक भनेर चिनिएका केही नेताहरुले पार्टी जोगाउन तठस्थ बस्ने निर्णय गरेका थिए। नेता भीम रावलले भने सांसद पदबाट राजीनामा दिएका थिए। एमालेको केन्द्रीय समिति बैठक मंगलबार पनि बस्दै छ।

भर्खरै प्रकाशित

ट्रेन्डिङ न्युज