September 26, 2026, Saturday
२०८३ आश्विन १०, शनिबार
यी हुन देउवालाई विस्वासको मत दिने ओली पक्षका ८ र माधव समुहका १४ जना सांसदहरू

यी हुन देउवालाई विस्वासको मत दिने ओली पक्षका ८ र माधव समुहका १४ जना सांसदहरू

साउन ०३, काठमाडौं । नेकपा एमालेका २२जना सांसदले प्रधानमन्त्री शेरबहादुर देउवालाई विश्वासको मत दिएका छन् । तीमध्ये ८ जना केपी ओली पक्षका छन् ।

बरिष्ठ नेता माधवकुमार नेपालसहित १४ जनाले विश्वासको मत दिँदा नेपाल पक्षका १० जना सांसद भने मतदान बहिस्कार गरेर हिडेका छन् । योगेश भट्टराई, गोकर्ण विष्ट र राजबहादुर बुढाबाहेक अरुले देउवाको पक्षमा हस्ताक्षर गरेर राष्ट्रपति र अदालत समक्ष गएका थिए ।

देउवालाई विश्वासको मत दिने एमालेका सांसदहरु यस प्रकार छन् :

माधवकुमार नेपाल, मुकुन्द न्यौपाने, विरोध खतिवडा, भवानी खापुङ, जीवनराम श्रेष्ठ,bकल्याणी खड्का, मेटमणि चौधरी, पार्वती विशुंखे, हिरा केसी, कृष्णकुमार श्रेष्ठ किसान, गोपाल बम, प्रेमबहादुर आले, लक्ष्मी चौधरी, निरादेवी जैरू, कलिला खातुन, सविना हुसेन, कृष्णलाल महर्जन, रामकुमारी झाँक्री, धनबहादुर बुढा, विना बुढाथोकी, सरला यादव र पुष्पाकुमारी कर्ण ।

यी १० सांसदहरूहरू बसे तट्स्थ :

सुरेन्द्र पाण्डे, घनश्याम भुसाल, गोकर्ण बिष्ट, योगेश भट्टराई, झपट रावल, यज्ञराज सुनुवार, सोमप्रसाद पाण्डे, दीपकप्रकाश भट्ट, नारायण खतिवडा र राजबहादुर बुढा ।