September 19, 2024, Thursday
२०८१ आश्विन ३, बिहीबार
पार्टी निर्णयको विरुद्ध उभिन प्रलोभन देखाइएको भन्दै एमाले सांसद गंगा चौधरीले गरिन यस्तो खुलासा

पार्टी निर्णयको विरुद्ध उभिन प्रलोभन देखाइएको भन्दै एमाले सांसद गंगा चौधरीले गरिन यस्तो खुलासा

साउन ०२, काठमाडौं । पुनःस्थापित प्रतिनिधिसभाकी एमाले सांसद गंगा चौधरी सतगौंवाले आफूलाई एमालेको आधिकारिक निर्णयको विपक्षमा उभिन प्रलोभनमा पार्ने प्रयास भइरहेको दावी गरेका छन् ।


उनले शनिवार फेसबुकमा आफ्ना कुरा राख्दै पार्टीलाई जेठ २ मा फर्काउने लगायतका सबै माग पूरा भइसक्दा पनि बैठक बहिस्कार गर्ने र विपक्षीसँग अनैतिक साँठगाँठ गरेर आफ्नै सरकार ढालेको भन्दै माधव नेपाल पक्षको आलोचना गरेकी छन् ।

थारुले भनेकी छन्( अहिले केही मित्रहरुले पार्टी हितको विपक्षमा लाग्न मलाई फोन गरेर प्रलोभनमा पार्ने दुष्प्रयास गरिरहनु भएको छ । कृपया दुःख नगर्नु होला मित्रहरु । म कुन पनि हालतमा जनताको प्यारो पार्टी नेकपा एमालेको अहित हुने कुनै पनि गतिविधिमा लाग्ने छैन ।

उनले पार्टीले जे निर्णय गर्छ त्यसको अक्षरशः पालना गर्ने बताएकी छन् ।

त्यस्तै एमाले विवाद समाधानमा १० बुँदे सहमति पछि पनि खासै प्रगति नभएपछि विगठित कार्यदलको अनौपचारिक बैठक बसेको छ । एमाले विवाद समाधान सम्बन्धी कार्यादलका पूर्वसदस्यहरु र थप केही नेताहरु पार्टी एकताका लागि फेरि सक्रिय भएका हुन् ।

शीर्ष तहमा आएको तिक्तताले एकता संघारमा रहेको पार्टी विभाजन उन्मुख भएको निष्कर्ष निकाल्दै उनीहरु फेरि पार्टी एकता प्रयासमा जुटेका हुन् ।

स्रोतका अनुसार अहिले सिंहदरबारमा एमाले संसदीय दलको कार्यालयमा अध्यक्ष ओलीका तर्फबाट पृथ्वीसुब्बा गुरुङसहित ६ जना र वरिष्ठ नेता माधकुमार नेपालका तर्फबाट भीम आचार्यसहित ७ जना नेताहरु छलफलमा जुटका छन् ।

संसद बचाउन गठनबन्धनको सरकारलाई साथ दिने कि पार्टी बचाउने भन्ने दोधारमा रहेका नेपाल पक्षका नेताहरुले फेरि ओलीपक्षका नेताहरुसँग संवाद अघि बढाउका हुन् ।

शुक्रबार आफूहरुको आग्रह अनुसार ओलीले स्थायी कमिटी र संसदीय दलको बैठक स्थगित नगरेपछि नेपाल पक्षका नेताहरु निराश भएका थिए। ओलीले एमाले विवाद समाधान सम्बन्धी कार्यदलको १० बुँदे सहमति प्रस्ताव अनुमोदन गर्दै कार्यदल भंग भएको घोषणा गरेका थिए।

पार्टी फुटलाई टार्न नसक्ने स्थितिमा पुगेको उनीहरुले बताएका थिए। नेता नेपालसँग उनीहरुको लामो संवादसमेत भएको थियो।

तर शनिबार सबेरैदेखि उनीहरु एकताको प्रयासमा जुटेका हुन् । प्रधानमन्त्रीबाट बाहिरिएपछि ओलीले नेपाललाई ‘लाल गद्दार’को आरोप लगाउँदै उनका लागि अब एमालेमा ठाउँ नरहेको घोषणा गरेका थिए। नेपाल भने पार्टी विवादबारे मौन छन् ।

भर्खरै प्रकाशित

ट्रेन्डिङ न्युज