September 17, 2024, Tuesday
२०८१ आश्विन १, मंगलवार
माधबलाई विधी, पद्दतीका बत्तीसै लक्षणयुक्त देवता मान्नेले यी तीन घुम्तीको समीक्षा गर भन्दै बास्कोटाको कटाक्ष

माधबलाई विधी, पद्दतीका बत्तीसै लक्षणयुक्त देवता मान्नेले यी तीन घुम्तीको समीक्षा गर भन्दै बास्कोटाको कटाक्ष

साउन ०१, काठ्मान्डौं । नेकपा एमालेका नेता तथा पूर्व मन्त्री गोकुल बास्कोटाले माधव नेपालका समर्थक र प्रसंसकहरूलाई कटाक्ष गरेका छन ।

शुक्रबार सामाजिक संजाल फेसबुक मार्फत टिप्पणी गर्दै उनले माधव नेपाललाई बिधि पद्दती, अनुशासन, समन्वय र प्रजातान्त्रिक गुणका बत्तीसै लक्षणयुक्त देवता मान्ने साथीहरुले यी तीन घुम्तीको समीक्षा गर भन्दै उनले छैटौं महाधिवेशनमा बामदेवले नेतृत्वमा चुनौती दिदा नेपालगन्ज बाट खेदेको, सातौं महाधिवेशनमा ओलीलाई फरक मत राख्नै निषेध गरेको र नवौंमा हारेपछि वितन्डा गरेको बताएका छन ।

उनले लेखेका छन – माधब नेपाललाई विधी, पद्दती, अनुशासन, समन्वय र प्रजातान्त्रिक गुणका बत्तीसै लक्षणयुक्त देवता मान्ने साथीहरुले यी तीन घुम्तीको समीक्षा गर। छैटौ महाधीवेशनमा बामदेव गौतमले नेतृत्वमा चुनौती पेश गरेपछि नेपालगन्जबाट खेदान,सातौमा ओलीलाई फरकमत पेश गर्नै बन्देज नवौमा उनले हारेयताका वितण्डा।

एमालेमा माधव समुह र संस्थापन पक्ष बिच तिक्ततापूर्ण सम्बन्ध भैरहेको बेला उनले यस्तो टिप्पणी गरेका हुन । शेरबहादुर देउवालाई माधव पक्षले प्रधानमन्त्री बनाउन हस्ताक्षर गरेपछि एमाले अध्यक्ष ओली नेतृत्वको सरकार ढलेको छ भने एमाले बिभाजन उन्मुख भएको छ ।

आज बसेको एमाले स्थायी समिती बैठकमा माधव पक्ष अनुपस्थित भएको छ तर ओली पक्षीय एमाले स्थायी कमिटी बैठकले पार्टी एकता कायम गर्न गठित १० सदस्यीय कार्यदलले तयार पारेको १० बुँदै सहमति अनुमोदन गरेको छ ।

शुक्रबार पार्टी अध्यक्ष केपी शर्मा ओलीको अध्यक्षतामा बसेको बैठकले सहमति ग्रहणसहित कार्यदललाई धन्यवाद दिँदै कार्यदल विघटन गरेको छ ।

बैठकको निर्णयबारे जानकारी दिने क्रममा प्रवक्ता प्रदीप ज्ञवालीले आज बस्ने भनिएको संसदीय दलको बैठक निर्धारित समयमै हुने जानकारी दिए ।

बैठकले कार्यदलाई धन्यवाद दिँदै प्रतिवेदन ग्रहण गरेर कार्यदल भंग गरेको प्रवक्ता प्रदीप ज्ञवालीले जानकारी दिए । १० सदस्यीय कार्यदलले असार २७ गते राति एमाले एकताका लागि १० बुँदे सम्झौता गरेको थियो ।

त्यस्तै बैठकले देउवा सरकारलाई बिस्वासको मत नदिने र कसैले दिए त्यो व्यक्तिगत निर्णय हुने बताएको छ ।

बैठक चलिरहँदा बैठकस्थल पुगेका माधव पक्षका नेताहरूले स्थायी कमिटी बैठक र संसदीय दलको बैठक रोक्न र सहमतिमा अर्को बैठक राख्न अध्यक्ष ओलीलाई आग्रह गरेका थिए ।

भर्खरै प्रकाशित

ट्रेन्डिङ न्युज