September 23, 2023, Saturday
२०८० आश्विन ६, शनिबार
कांग्रेस बनगाड कुपिन्डे नगरपालिकाको सभापतिमा खड्काको उम्मेदवारी घोषणा

कांग्रेस बनगाड कुपिन्डे नगरपालिकाको सभापतिमा खड्काको उम्मेदवारी घोषणा

दुर्गा विसि/ असार २४, सल्यान । सल्यानकाे बनगाड कुपिण्डे नगरपालिकामा नेपाली कांग्रेसको तर्फबाट नगर सभापतिमा दुर्गा खड्काले अाफ्नाे उम्मेदवारी घाेषणा गरेका छन् ।

अहिलेसम्म याे नगरमा उम्मेदवारी घाेषणा गर्ने खड्का पहिलो व्यक्ति हुन् । नेपाली कांग्रेसको १४ औं महाधिवेशनमा अाफु सर्वसम्मत हुने समेत खड्काकाे भनाइ रहेको छ ।

अाफ्नाे त्याग दुख र पार्टी प्रतीको लगावले अाफु एक्लो उम्मेदवार समेत भएको खड्काकाे भनाइ छ । साथै सामाजिक सञ्जाल मार्फत खड्काले अपिल सहित उम्मेदवार घाेषणा गरेका छन् ।अाफु नगरकाे नेतृत्वमा अाए पार्टी सुदृढीकरण, पार्टीकाे सहि निर्देशित सिद्धान्त अंगिकार र चलाएमानमा सार्थकता पाउने समेत तर्क प्रस्तुत गरिएको छ ।

इतिहास बोकेको लोकतान्त्रिक पार्टी जसले राष्ट्रियता प्रजातान्त्रिक समाजवादलाइ आफ्नो मुल सिद्धान्त लिएको पार्टीको सदस्य हुन पाउनु नेपाली कांग्रेस प्रती विचार, अास्था राख्ने सबैले गौरव र सिराेपरि गर्नु पर्ने उनको धारण छ ।

नेपाल संघीयतामा गए पछी देशमा राजनीतिले फरक मोड लियो । सिंहदरबारको अधिकार गाउँघरमा भन्ने जुन नारा अगाडि आयो । त्यो एउटा नेपाली जनतालाइ भ्रम छरियो । जस्को फलस्वरूप नेपालमा ३ तहका सरकारका परिकल्पना गरियो स्थानीय सरकार , प्रदेश सरकार , सङ्घिय सरकार आज ३ तहमा सिंहदरबार गाउँघरमा होइन भ्रष्टाचार मौलायो ।गाउँमा सिंहदरवार नभइ भ्रष्टाचार मौलाएको उनको भनाइ छ ।

जनता कोभिड ,रोग शोक र भोकले आक्रान्त भएको बेला सरकार आफ्नो कुर्सी जोगाउँनमै व्यस्त भयाे । अनुदानको नाउँमा कार्यक्रतालाइ भरनपोषणमा व्यस्तता देखियो ।जनप्रतिनिधिहरुले अहिलेको तत्कालीन जनताको समस्या सामाधान तिर नलागि सस्तो लोकप्रियताको लागि विभिन्न खालका योजना प्रस्तुत गरेका छ्न । ती ढाँटुवा याेजना खालि गफ र भुलभुलैया मात्रै हो ।

हालका स्थानीय तहमा आफ्नो पदावधिको ख्याल नगरी नगर प्रहरि , शिक्षक नियुक्ति उपभोक्ता समिति को जिम्मेवारी लगाएत आस्वासन दिइ भ्रमपुर्ण राजनीति गर्ने हरु लाइ बिधि र निति मा समबैधानिक बाटो बाट तिनै तहमा सरकार चलाउनु पर्छ । जनता को जनादेश स्विकार्नु पर्छ भन्ने मेरो मान्यता हो ।

आदरणीय बनगाड्बासि जनसमुदाय हरु बनगाड कुपिण्डे को जुन अस्तिरता राजनीति छ,समय सापेक्ष हाम्रा जनप्रतिनिधि हरु चल्न सक्नु भएन ,जहाँ पनि भ्रष्टाचार ,योजनाहरु मनपरि छनौट ,जताभाबि करार कर्मचारी नियुक्ति लगाएतका कुराहरुमा मनपरि तन्त्र हुँदा सम्म संविधानले हामीलाई प्रतिपक्षी नबनाएता पनि विपक्ष दलकाे नाताले हाम्रो पार्टीको आवाज न आउनु नै अहिलेकाे नेपाली कांग्रेसको मुख्य कमजोरी हो ।

केहि दिन यता यस नगरपालिकामा विविध प्रकारका गतिविधिहरु भएकोमा पार्टीको धारणा प्रष्ट देखिएन । यो जस्तो दु:खद कुरा केहि हुन सकेन । विकासका नाममा कर्मचारीले अनाहकमा जनतालाई दिएको दुख हामी टुलुटुलु हेरि वसेका छौं ।

पछिल्लो केहि समय यता पार्टीको कुनै पनि गतिविधि हुन सकिरहेको छैन । स्थानीय चुनाव नजिकिदै जादा पार्टीका अग्रजहरु मौन बस्नु दुखदको कुरा हो । अब काङ्ग्रेसले इतिहासका कुरा मात्रै गरेरहुदैन । बर्तमान परिस्थितिमा जनताको अावश्यकतालाइलाइ मध्यनजर गर्दै पार्टीको सहि निति बनाइ लागु गर्नु आजको प्रमुख अावश्यकता हाे ।

पार्टीको अधिबेशन समाप्त भए लगत्तै स्थानीय निर्वाचनमा हाम्रा जनप्रतिनिधिलाइ चुनाव जिताउनलाइ पार्टीका सम्पुर्ण भातृसंघसंगठनको पौष मसान्तसम्म तदर्थ कार्यसमिति बनाइ सम्पुर्ण संघसंगठन र पार्टी लाइ चलायमान बनाउने प्रतिबद्धता जनाएको छ । पार्टीको बिधानले दिएको अधिकार प्रयोग गरि विभिन्न प्रकारका उपसमिति बनाइ माघ मसान्तसम्ममा विभिन्न प्रकारका गतिविधिको सन्चालन गर्ने अठाेट लिएकाे छ ।

जसको फलस्वरूप हाम्रो उम्मेद्बारलाइ चुनाव जित्न यहाँहरु सबैकाे जरुरत पर्द्छ । याे नगरमा कम्युनिस्टको शासन र जनता प्रतिको उत्तरदायित्व हेरि सकियाे । अब भने नेपाली कांग्रेसलाई यहाँहरु मौका दिनुहुनेछ। फागुण मसान्तसम्म नगरपालिकाकाे केन्द्रमा बृहत कार्यकर्ता प्रशिक्षण कार्यक्रम गरि चैत महिना देखि पुर्ण रूपमा आउदै गरेको निर्वाचन लाइ मध्यनजर गर्दै निर्वाचन केन्द्रित कार्यक्रम गर्ने खड्काकाे पुनः प्रतिबद्धता रहेको छ ।त्यसैले अाफुलाइ नगर सभापतिमा सहमतिकै अाधारमा चुनिनका लागि सहयोग गरिदिन हार्दिक अपिल गरिएको छ ।

भर्खरै प्रकाशित

ट्रेन्डिङ न्युज