पूर्व मन्त्री शेर बहादुर तामाङ द्वारा १९ दिने कार्यकालका ४ उपलब्धि सार्वजनिक
असार ०९, सल्यान । ओली सरकारका स्वास्थ्य मन्त्री शेरबहादुर तामाङले १९ दिनको कार्यकालका ४ उपलब्धि सार्वजनिक गरेका छन ।
बुधबार सामाजिक संजाल मार्फत उनले आफ्नो छिटो कार्यकालका प्रयास र प्रयन्तहरू सार्वजनिक गरेका हुन ।
उपलब्धिमा उनले कोरोना नियन्त्रणमा इमानदार प्रयत्न गरेको, खोप आउले सुनिश्चितता भएको, सबै नेपाली जनताको स्वास्थ्य उपचार निशुल्क गर्ने सम्बन्धी छलफल र प्रारम्भिक प्रक्रिया शुरूवात भएको, सम्पूर्ण सरकारी अस्पतालहरुलाई सुबिधासम्पन्न बनाई अस्पतालमा आउने सबै बिरामीलाई उपचारको सुनिस्चितता गर्ने प्रकृयाको आरम्भ भएको र गाँजाको औषधीय उपयोग र अनुसन्धानको लागि पहल शुरु भएको दाबी गरेका छन ।
यस्तो छ उनको स्टाटस :
१९ दिन !
१. कोरोना नियन्त्रणमा ईमान्दार प्रयत्न । खोप ल्याउने सम्बन्धी सबै प्रकृया भएको र केही दिनमा नै खोप आउने सुनिस्चित भएको । (यदी पछिल्लो राजनितिक घटनाक्रमले खोप आउन ढिलो हुने र नेपाली नगरिकको जीवन माथी नै तलमाथी भएमा त्यसको नैतिक जिम्मेवारी मेरो हुनेछ । राजनितिको खेलमा नेपाली नगरिकको जीवनमाथी खेलवाड गर्ने छुट कसैलाई छैन।)
२. सबै नेपाली जनताको स्वास्थ्य उपचार निशुल्क गर्ने सम्बन्धी छलफल र प्रारम्भिक प्रक्रिया शुरूवात ।
३. सम्पूर्ण सरकारी अस्पतालहरुलाई सुबिधासम्पन्न बनाई अस्पतालमा आउने सबै बिरामीलाई उपचारको सुनिस्चितता गर्ने प्रकृयाको आरम्भ भएको ।
४. गाँजाको औषधीय उपयोग र अनुसन्धानको लागि पहल शुरु भएको ।
प्रतिकृया दिनुहोस्