July 12, 2026, Sunday
२०८३ असार २९, सोमबार
राजेन्द्र महतोलाई सिंहदरबार प्रवेश निषेध गर्न दक्षिण गेट छेउमा टाँसियो ‘सूचना’

राजेन्द्र महतोलाई सिंहदरबार प्रवेश निषेध गर्न दक्षिण गेट छेउमा टाँसियो ‘सूचना’

असार ०७, काठमाडौं । उपप्रधानमन्त्री राजेन्द्र महतोलाई ‘सिंहदरबार क्षेत्रमा हालका लागि प्रवेश निषेध गरिएको’ भन्दै पर्चा टाँसिएको छ । सिंहदरबारको दक्षिण गेट छेउ पर्खालमा नयाँ पार्टी नेपालले सो पर्चा टाँसेको हो ।

सो पार्टीले पर्चामा आफूले दिएको समयसीमाभित्र महतोले आफू नेपाली नागरिक हुँ भन्ने प्रमाण देखाउन नसकेको आरोप लगाएको छ । क्रमशः देशभरि नै उनलाई निषेध गरिने पर्चामा उल्लेख छ ।

पार्टीका प्रवक्ता युवराज सफलले महतोलाई ७ दिनभित्र नागरिकताको विषयमा स्पष्ट पार्न सूचना जारी गरेको बताए ।

‘त्यो सूचनाको जवाफ दिनुको साटो रवाफ देखाउनुभयो । त्यसैले हामीले उनको नागरिकता रद्द गरेर देशनिकाला गर्ने योजना अन्तरगत सुचना टाँस्नुपरेको हो’  उनले भने ।