March 16, 2025, Sunday
२०८१ चैत्र ३, सोमबार
प्रधानमन्त्रीको स्वास्थ्य बारे मन्त्री दिपक मनाङेले गरे, आपत्तिजनक टिप्पणी

प्रधानमन्त्रीको स्वास्थ्य बारे मन्त्री दिपक मनाङेले गरे, आपत्तिजनक टिप्पणी

जेठ ३०, काठमाडौं । गण्डकी प्रदेशमा दिपक मनाङे तेस्रोपटक मन्त्री नियुक्त भएका राजिव गुरुङ उर्फ दिपक मनाङेले प्रधानमन्त्री केपि शर्मा वलीको स्वास्थ्य सँग जोडेर आपत्तिजनक टिप्पनी गरेका छन् । शनिबार विनाविभागीय मन्त्रीको सपथ खानुअघि उनले प्रधानमन्त्री केपी शर्मा ओलीको स्वास्थ्यसँग जोडेर छुद्र टिप्पणी गरेका हुन ।

 

प्रदेश प्रमुखले नयाँ सरकार गठनमा अलमल गरेको भन्दै नेपाली कांग्रेस नेतृत्वको विपक्षी गठबन्धनले प्रदेश प्रमुख निवासअघि विपक्षीहरु धर्ना बसेका बेला उनले यस्तो टिप्पनी गरेका हुन । दुई दिनअघि मन्त्रीबाट बखास्र्त भएका मनाङेले त्यहाँ पत्रकारले उनलाई केही बोलिदिन आग्रह गरेपछि केपि आलीको न वर्तमान छ, न भविष्य भन्दै दुईवटा किड्नी नभएको मान्छे भनेका हुन ।

मनाङेले भने, ‘केपी ओलीको न वर्तमान छ, न भविष्य छ । तर, यसको पछि लाग्ने मान्छेहरुको बुद्धि छैन रैछ क्या । दुईवटा किड्नी नभएको मान्छे हो । अरुको त किड्नी छ नि यार । बुद्धि भए छिटो उसको साथ छोड्दा राम्रो हुन्छ । म त टाइममै छोडेर बचेँ ।’

यसअघि एमाले नेतृत्वको सरकारमा मनाङे युवा तथा खेलकुद मन्त्री थिए । सरकार ढल्ने अवस्था आएपछि उनी विपक्षी गठवन्धनमा सामेल भएका हुन् ।