June 23, 2025, Monday
२०८२ असार ९, सोमबार
दिपक मनाङेलाई बाबुरामले गायब पारेको आरोप, सुर्य थापाले गरे- तस्बिर सार्वजनिक

दिपक मनाङेलाई बाबुरामले गायब पारेको आरोप, सुर्य थापाले गरे- तस्बिर सार्वजनिक

जेठ २८, पोखरा । गण्डकी प्रदेश सभामा मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले विश्वासको मत लिने बेला संसदमा अनुपस्थित भएका उनकै सरकारका मन्त्री दिपक मनाङेलाई जसपा संघीय परिषद अध्यक्ष डा. बाबुराम भट्टराईले गायब पारेको आरोप लागेको छ ।

प्रधानमन्त्रीका प्रेस सल्लाहकार सुर्य थापाले भट्टराईलाई यस्तो आरोप लगाएका हुन ।

मुख्यमन्त्री ले विस्वासको मत लिनेबेला उनकै सरकारमा युवा तथा खेलकुद मन्त्री रहेका राजीव गुरुङ उर्फ दीपक मनाङे सम्पर्कविहीन भएका थिए । उसो त उनले मतदानको पूर्वसन्ध्यामा बुधबार साँझ नै आफू विपक्षी गठबन्धनको समर्थनमा रहेको बताइसकेका थिए।

नभन्दै भोलिपल्ट सांसद मनाङे प्रदेश सभाको बैठकमै उपस्थित भएनन्। उनले मत दिएका भए पनि मुख्यमन्त्री गुरुङले बहुमत त ल्याउँथेनन्। आफ्नो पार्टी एमालेका २७ सांसदले मात्र उनलाई मत दिए र विश्वासको मतमा पराजित हुँदै अहिले उनी पदबाट हटेका छन्।

यसपछि त्यहाँ नयाँ सरकारको गठन प्रक्रिया अघि बढेको छ भने कांग्रेसको नेतृत्वमा विपक्षीले मुख्यमन्त्रीको दाबी पनि पेस गरिसकेको छ।

यहीबीच प्रधानमन्त्री केपी शर्मा ओलीका प्रेस सल्लाहकार सूर्य थापाले पूर्वप्रधानमन्त्री एवं जनता समाजवादी पार्टीका संघीय परिषद् अध्यक्ष डा. बाबुराम भट्टराई र सांसद मनाङे सँगै रहेको तस्बिर सार्वजनिक गरेका हुन्।

क्याम्पसनमा उनले लेखेका छन्, ‘गण्डकी प्रदेशमा मतदान नै नगरी हराएका दीपक मनाङेलाई आखिर कसले लुकाएको रहेछ? तस्बिर स्वयं यस्तो बोल्छ।’

 

तर थापाले स्क्रिनसट गरेर राखेको यो तस्बिर त्यस फेसबुकमा अहिले भेटिँदैन। स्रोत : नेपाल खबर