March 16, 2025, Sunday
२०८१ चैत्र ३, सोमबार
सुदुरपश्चिमका मुख्यमन्त्री भट्टले आज विस्वासको मत लिदै, यस्तो छ – सम्भावना

सुदुरपश्चिमका मुख्यमन्त्री भट्टले आज विस्वासको मत लिदै, यस्तो छ – सम्भावना

जेठ २५, धनगढी । नेकपा ( माओवादी केन्द्र ) नेतृत्वको सुदूरपश्चिम प्रदेश सरकारका मुख्यमन्त्री त्रिलोचन भट्टले मङ्गलबार विश्वासको मत लिँदै छन् ।

विश्वासको मतका विपक्षमा मतदान गर्न नेकपा (एमाले) सुदूरपश्चिम प्रदेश कमिटीले ह्वीप जारी गर्न संसदीय दललाई निर्देशन दिएको छ।

एमालेको ओली समूहका प्रदेश अध्यक्ष कर्ण थापा र सचिव राजेन्द्र रावलले संसदीय दलका नेता प्रकाशबहादुर शाह र प्रमुख सचेतक दुर्गा विकलाई विपक्षमा मतदान गर्नका लागि ह्विप जारी गर्न निर्देशनसहित पत्र पठाएका हुन्।

माओवादी पक्षका मुख्यमन्त्री त्रिलोचन भट्टले मङ्गलबार बिहान विश्वासको मत लिने तयारी छ ।

५२ प्रदेशसभा सदस्य रहेको सुदूरपश्चिम प्रदेशमा मुख्यमन्त्रीलाई विश्वासको मत प्राप्त गर्न २७ मत आवश्यक पर्छ। अहिले प्रदेशसभामा सबैभन्दा ठूलो दल एमालेका सभामुखबाहेक २४, माओवादीका १३, कांग्रेसका १२ र जनता समाजवादी पार्टी नेपालका दुई सांसद छन् ।

माधवकुमार नेपाल पक्षका सदस्यले फ्लोर क्रस गरि मुख्यमन्त्री भट्टलाई मतदान गरे विश्वास प्राप्त गर्नेछन् । सुदुरपश्चिममा माधव समुह बलियो रहेको छ । संसदीय दलका नेता प्रकाशबहादुर शाह पनि माधव समुहका नेता हुन ।

कांग्रेसले अहिलेसम्म पक्ष –विपक्ष केमा मतदान गर्ने भन्नेबारे टुङ्गो लगाएको छैन भने जसपाले केन्द्रमा रहेका आफ्ना पार्टीका नेतासँगको छलफलपछि निर्णय लिने बताउँदै आएको छ। जसपाका दुई सदस्य महन्थ ठाकुर पक्षका मानिन्छन् ।

यदि एमाले सिंगै र जसपाले मुख्यमन्त्री विरुद्ध मतदान गरेमा उनको सरकार ढल्नेछ ।