May 13, 2025, Tuesday
२०८२ बैशाख ३०, मंगलवार
ओलीको एकता आह्वानपछि “एमाले कणहरूसँग जिज्ञासा” भन्दै बाबुरामले उठाए यस्ता प्रश्न

ओलीको एकता आह्वानपछि “एमाले कणहरूसँग जिज्ञासा” भन्दै बाबुरामले उठाए यस्ता प्रश्न

जेठ २३, सल्यान । जसपा संघीय परिषद अध्यक्ष तथा पूर्वप्रधानमन्त्री बाबुराम भट्टराईले प्रधानमन्त्री एवं एमाले अध्यक्ष केपी ओलीले पार्टीलाई जेठ ३ गते फर्कने निर्णय गरेलगत्तै समग्र एमालेलाई प्रश्न गरेका छन्।

उनले आइतबार राति सामाजिक सञ्जालमार्फत भनेका छन्- ‘एमाले कणहरूसँग जिज्ञासा: तपाईंहरू सबै जेठ ३ मा फर्केर एउटै चूलामा बाक्लो दालसहित भातभान्सा गरेमा त्यसयता ओलीले गरेका २/२ पटकका संसद विघटन, संवैधानिक अंगहरूको अवैध कब्जा, यति/ओम्नीलगायतका अर्बौंको भ्रष्टाचार, सांसद अपहरण, कोरोना पीडित लाखौंको विचल्ली, अक्षम्य राष्ट्रघात सबै माफ हुन्छन्?’

नेकपा एमाले बिभाजनको संघारमा पुगेको बेला पार्टी अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीले एकताको लागि सार्वजनिक अपिल गरेका छन ।

आइतबार साँझ सार्वजनिक गरिएको अपिलमा पार्टी एकताको लागि पार्टीका सबै कमिटी २०७५ जेठ ३ अघिको अवस्था पुर्याउने उनले बताएका छ्न । साथै बिगतका कुनैपनी गल्ती र कमजोरीको आधारमा कसैलाई पनि कारबाही नगर्ने उनको प्रस्ताव छ ।

आफुले एकताको महत्व गहिरो गरि बुझेको उनले माधव पक्षले शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाइयोस भनेर दिएको रिटमा एमालेका सांसदहरूले गरेको समर्थन फिर्ता लिनुपर्ने बताएका छन ।