जसपाको महन्थ – राजेन्द्र पक्षले पायो ८ मन्त्रालय र २ राज्य मन्त्री
जेठ २१, काठ्मान्डौ । जनता समाजवादी पार्टी (जसपा)को महन्त ठाकुर पक्ष सरकारमा सहभागी हुने भएको छ । उक्त समुहले ८ मन्त्रालय र २ राज्य मन्त्री पाउने भएको छ ।
राजेन्द्र महतोको नेतृत्वमा सरकारमा सहभागी भएको उक्त पक्षका १० नेताले आज साँझ ८ बजे मन्त्री पदको शपथ लिने भएका छन् ।
जसपाका अध्यक्ष महन्थ ठाकुरले ८ मन्त्री र दुई राज्यमन्त्रीको नामसहितको सूची प्रधानमन्त्री केपी शर्मा ओलीलाई बुझाएका छन् ।
जनता समाजवादी पार्टी (जसपा)ले पाउने ८ मन्त्रालय टुंगिएसँगै एमालेका ४ जना बाहेक सबै मन्त्री पदमुक्त हुने भएका छन । अर्थ मन्त्री बिष्णु पौडेल, शिक्षा मन्त्री गोपालकृष्ण श्रेष्ठ, कानुन मन्त्री लिलानाथ श्रेष्ठ र भौतिक पूर्वाधार मन्त्री वसन्त नेम्वाङ बाहेक सबै मन्त्री पदमुक्त हुने भएका हुन ।
महिला बालबालिकामन्त्री जुलीकुमारी महतो, वनमन्त्री प्रेम आले र भूमिव्यवस्थामन्त्री डा. शिवमाया तुम्बाहाम्फे लगाएतको मन्त्रालय खोसिएको छ।
प्रधानमन्त्री केपी शर्मा ओली र जसपा नेताहरुबीच शुक्रबार भएको छलफलमा ८ मन्त्रालय टुंगिएको थियो। जसअनुसार जसपाले शहरी विकास, उर्जा, खानेपानी, भूमि व्यवस्था, श्रम, युवा तथा खेलकुद, महिला बालबालिका र वन मन्त्रालय पाएको छ ।
मन्त्री पद खोसिएकाहरुले पुन; अन्य मन्त्रालय पाउछन् कि पाउँदैनन् टुंगो छैन।
प्रतिकृया दिनुहोस्