June 16, 2026, Tuesday
२०८३ असार २, मंगलवार
महन्थ ठाकुर र राजेन्द्र महतो भारतीय दूतावासमा किन गए ?

महन्थ ठाकुर र राजेन्द्र महतो भारतीय दूतावासमा किन गए ?

वैशाख ३०, काठमाडौँ- जनता समाजवादी पार्टीका नेताद्वय महन्थ ठाकुर र राजेन्द्र महतो बिहीबार साँझ फेर भारतीय दूतावास छिरेका छन्।

प्रधानमन्त्री केपी शर्मा ओली नै फेरि निरन्तर हुने निश्चित प्राय भएपछि ठाकुर र महतो दूतावास छिरेका हुन्। आफ्ना १६ जना सांसदलाई भक्तपुरको एक रिसोर्टमा राखेर उनीहरु बिहीबार साँझ दूतावास छिरेको एक स्रोतले जानकारी दियो।

नयाँ सरकारमा केही मन्त्रीको आश्वासन ठाकुर र महतो पक्षले प्रधानमन्त्री ओली पक्षबाट पाएको पनि स्रोतले जानकारी दिएको छ।

त्यस्तै नेपाली कांग्रेसले सरकारको दाबी गर्न आफ्नो बहुमत नपुगेको स्वीकार गरेको छ। कांग्रेस पदाधिकारीहरुको बिहीबार बसेको बैठकले जसपा र माधव नेपाल पक्षसँग कुरा नमिल्दा सरकारको दाबी गर्न नसकेको स्वीकार गरेको हो।

राष्ट्रपति विद्यादेवी भण्डारीले बिहीबार बेलुका ९ बजेसम्म धारा ७६ (२) अनुसारको बहुमतीय सरकारको दाबी आह्वान गरे पनि कांग्रेस यसबाट पछि हटेको हो।

योसँग राष्ट्रपतिले धारा ७६ (३) अनुसार सबैभन्दा ठूलो दलको नेताका हैसियतले केपी ओलीलाई प्रधानमन्त्री बनाउने बाटो खुलेको छ।

देश संचार बाट साभार ।