यस्तो निष्कर्ष निकालेर सकियो, माधव नेपाल समूहको स्थायी कमिटी बैठक
वैशाख २८, काठमाडौं । नेकपा (एमाले)को माधव नेपाल समूहले पछिल्लो राजनीतिक परिस्थितिबारे छलफल गरेको छ । मंगलबार नेपाल पक्षका स्थायी कमिटी सदस्यहरुबीच ‘भर्चुअल माध्यम’मार्फत अनौपचारिक बैठक भएको थियो ।
बैठकमा पछिल्लो परिस्थितिको विश्लेषण भएको र ठोस कुनै निर्णय नभएको र अहिले सामान्य परिस्थितको विश्लेषण गरिएको बताइएको छ । स्थायी कमिटी सदस्य घनश्याम भुसालले नयाँ सरकार गठनप्रति आफूहरुको धेरै सरोकार नभएको र पार्टी अध्यक्ष केपी शर्मा ओलीलाई कसरी आफ्ना शर्त मनाउने भन्ने विषयबारे बैठकमा छलफल भएको बताए।

‘सरकारमा हाम्रो भूमिका केही पनि हुँदैन, सरकारसँग हाम्रो ममिला जोडिएको पनि छैन् । जोड्ने प्रयत्न कतिपयले गरेका होलान । बाहिरबाटै धेरै प्रयत्न भइरहेको छ।’ उनले भने । प्रधानमन्त्री केपी शर्मा ओलीले विश्वासको मत पाउन नसकि पदमुक्त भएसँगै राष्ट्रपति विद्यादेवी भण्डारीले नयाँ सरकारका लागि दलहरुलाई ३० बैशाख सम्मको समय दिएकी छिन् ।
यसै सन्दर्भमा छलफल गर्न बसेको नेपाली कांग्रेसको पदाधिकारी र पूर्व पदाधिकारीसहितको बैठकले जसपा र माधव नेपालको समेत सहयोगमा सरकार बनाउने निर्णय गरेको छ।
यसप्रति भुसालले भने, ‘हरेक राजनीतिक पार्टी भित्रका कुरामा अरु पार्टीहरुले कसरी विश्लेषण गर्ने, आफ्नो हितमा, आफ्नो नीतिको हितमा भन्ने कुरा त हुन्छ नै । त्यस्तो प्रयास हामी पनि गर्छौं । तर, हाम्रो तर्फबाट अहिलेको हाम्रो विवाद यो सरकार बन्ने र नबन्ने कुरासँग सम्बन्धित छैन ।’

कतिपयले नेपाल समूहले राजीनामा दिएर भएपनि कांगेस नेतृत्वमा सरकार बनाउन सघाउने बताइ रहेका छन् । भुसाल यसलाई खण्डन गर्दै आफूहरुको जोड ओलीलाई आफ्ना शर्त मनाउनेमा भएको बताउँछन् ।
उनी भन्छन्, ‘हामीले ओलीजीलाई तपाईंले गलत काम गर्नुभएको छ। के–के मा गलत गर्नु भएको छ, हामीले भनेका छौं । धेरै कुराहरुलाई जेठ २ गते लैजानुहोस् भनेका छौं ।’ आफूहरुको थप कदम भने ओलीले लिने निर्णयमा भर पर्ने उनको भनाइ छ। ‘अब उहाँले के गर्नुहुन्छ , त्यो गरेपछि हामीले आफ्नो विचार बनाउँछौं,’ भुसालले भने।
यसैबीच आज संसदको दोस्रो ठूलो दल नेपाली कांग्रेसले आफ्नो नेतृत्वमा सरकार बनाउन जसपा र एमालेको माधव नेपाल पक्षको समेत साथ लिएर अघि बढ्ने निर्णय गरेको छ ।

मंगलवार सभापति शेरबहादुर देउवाको निवास बूढानीलकण्ठमा बसेको पदाधिकारी र पूर्व पदाधिकारीसहितको बैठकले राष्ट्रपतिले दिएको समयभित्र सिंगै जसपा र माधव नेपाल पक्षको समेत समर्थन जुटाउने कोसिस गर्ने निर्णय गरेको सहमहामन्त्री प्रकाशशरण महतले बताए ।
बैठकपछि महतले भने, ‘समग्रमा जसपा एकजुट भएर यो अभियानमा सामेल होस् भन्ने हामी चाहान्छौं । माधवजीहरुको पनि सहयोग जुटाउने कोसिस हुन्छ ।’ सोमबार संसदमा प्रधानमन्त्रीले विस्वासको मत नपाए पछि नया सरकार गठनको लागि बाटो खुलेको छ । ३ दिन भित्र बहुमत पेश गरेर सरकार बनाउन राष्ट्रपतिले आह्वांज गरिसकेकी छन । संसदमा हाल कायम भएको २७१ सिटमा सरकार बनाउँ १३६ सिट आवस्यक पर्छ ।

हाल काङ्ग्रेस संग ६१ र माओवादी संग ४९ सिट छ । ३२ सिट भएको जसपामा उपेन्द्र र महन्त पक्षमा १६-१६ सिट छ । तर महन्त पक्षले नया सरकार गठनमा सहभागी नहुने बताएको छ । यदि सिंगो जसपा सरकारमा सहभागी नभएमा कांग्रेस नेतृत्वको गथाबंधना लाई बहुमत पुग्दैन । कि त माधब पक्षले राजीनामा दिनु पर्छ ।
जसपा एकजुट भएर साथ् नदिने र माधब पक्षले राजिनामा नदिए कांग्रेस नेतृत्वमा सरकार बन्न असम्भव छ ।







प्रतिकृया दिनुहोस्