बूढानीलकण्ठमा प्रचण्ड – देउवा बिच आधा घण्टा भेटवार्ता, के भयो कुराकानी ?
वैशाख २४, काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डबीच भेटवार्ता भएको छ । देउवालाई भेट्न प्रचण्ड बूढानीलकण्ठ पुगेका थिए ।
साढे पाँच बजेतिर बुढानिलकण्ठ पुगेका प्रचण्ड र देउवा बीच करिब आधा घण्टा कुराकानी भएको देउवा निकट स्रोतले बताएको छ ।
‘प्रधानमन्त्री केपी ओलीले लिन लागेको विश्वासको मत बिफल बनाउनेबारे नै छलफल भएको छ’, एक नेताले भने । प्रधानमन्त्री ओलीले विश्वासको मत लिन चाहेपछि २७ वैशाखमा विशेष अधिवेशन बोलाइएको छ ।
विशेष अधिवेशन बोलाइएपछि नेपाली कांग्रेसको साथ लिन प्रधानमन्त्री केपी शर्मा ओली र प्रचण्डलगायतका नेताहरु देउवा निवास बूढानीलकण्ठमा पुगिरहेका छन् ।
बिहीबार साँझ नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपाल पनि बूढानीलकण्ठ पुगेका थिए । यसको एकदिन अगाडि मात्रै एमाले अध्यक्ष एवम् प्रधानमन्त्री ओली पनि बुढानिलकण्ठ पुगेका थिए ।
प्रतिकृया दिनुहोस्