राष्ट्रियसभा सदस्यको लागी उम्मेदवारी दर्ता गराउन गृहमन्त्री ‘बादल’ हेटौंडा तिर प्रस्थान
बैशाख २४, काठमाडाैं । राष्ट्रियसभा सदस्यको लागी उम्मेदवारी दर्ता गराउन गृहमन्त्री ‘बादल’ बागमती प्रदेशको राजधानी हेटौंडा तिर प्रस्थान गरेका छन ।
नेकपा एमालेले जेठ ६ गते हुने राष्ट्रियसभा उप निर्वाचनका लागि गृहमन्त्री रामबहादुर थापा बादललाई नै उम्मेदवार बनाउने निर्णय गरेको छ।
शुक्रबार बिहान बालुवाटारमा बसेको एमाले बैठकले बादललाई उम्मेदबार बनाउने निर्णय गरेको हो।
बागमती प्रदेशमा रिक्त राष्ट्रिय सभा सदस्य पदको उपनिर्वाचनमा लागि शुक्रबार (आज) उम्मेदवारी मनोनयन हुँदै छ । हेटौंडास्थित निर्वाचन अधिकृतको कार्यालयमा बिहान १० देखि ४ बजेसम्म उम्मेदवारी दर्ता गरिने निर्वाचन आयोगले जनाएको छ ।
नेकपा एमालेको ओली समूहमा प्रवेश गरेका रामबहादुर थापा बादललाई माओवादी केन्द्रले कारबाही गरेपछि उनको बागमती प्रदेशमा एउटा पद रिक्त भएको हो ।
उक्त पदपूर्तिका लागि जेष्ठ ६ गते मतदान हुनेछ । प्रदेश सभा सदस्य र पालिका प्रमुख र उपप्रमुखले मतदान गर्ने छन् । बागमती प्रदेशमा १ सय १० सांसद र २३८ पालिका प्रमुख उपप्रमुख गरी कुल ३ सय ४८ जना मतदाताले मतदान गर्न पाउने छन्।
विपक्षी गठबन्धन (काँग्रेस, माओवादी, एमालेकै नेपाल–खनाल पक्ष)ले खिमलाल देवकोटालाई उम्मेदवार बनाउने निर्णय गरेको छ । सत्तारुढ दल एमाले मनोनयन दर्ताको दिनसम्म पनि उम्मेदवार चयन गर्न सकेको छैन । सुरुमा बादललाई उम्मेदवार बनाउने एमालेको तयारी थियो । तर एमालेको नेपाल पक्ष विपक्षी गठबन्धनमा उभिएपछि बादल उम्मेदवार बन्न हच्किएको चर्चा थियो ।
जित सुनिश्चित भएपछि मात्र उम्मेदवार बन्ने बादलले अडान लिएपछि एमाले स्थायी कमिटीको बिहीबारको बैठकले कुनै निर्णय लिन सकेको थिएन ।
नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्रलगायत विपक्षी दलहरूले संघीयताविज्ञ खिमलाल देवकोटालाई साझा उम्मेदवार बनाएका छन्। देवकोटा उम्मेदवारी दर्ताका लागि शुक्रबार बागमती प्रदेशको राजधानी हेटौंस्थित निर्वाचन अधिकृतको कार्यालय पुगेका छन्।
यसअघि जित सुनिश्चित नभएसम्म चुनाव नलड्ने अडान थापाले लिएका थिए। थापा उम्मेदवारी दर्ता गराउन हेटौंडा तिर लागेका छन ।
प्रतिकृया दिनुहोस्