September 29, 2026, Tuesday
२०८३ आश्विन १३, मंगलवार
नेपाल निर्माण व्यवसायी संघ सल्यानको अधिबेशन सम्पन्न, अध्यक्षमा श्रेष्ठ निर्वाचित

नेपाल निर्माण व्यवसायी संघ सल्यानको अधिबेशन सम्पन्न, अध्यक्षमा श्रेष्ठ निर्वाचित

चैत ७, सल्यान । नेपाल निर्माण व्यवसायी संघ सल्यानको १९ औं साधारणसभा तथा ९ औं अधिबेशन सम्पन्न भएको छ ।
शुक्रबार बाट सुरुभएको अधिबेशन शनिबार समापन भएको हो ।

अधिबेशन बाट संघको नयाँ कार्य समितीको अध्यक्षमा इन्द्र बहादुर श्रेष्ठ निर्वाचित भएका छन् । अधिबेशनले श्रेष्ठ लगाएत सम्पूर्ण नयाँ कार्यसमितिलाइ सर्वसम्मत रुपमा चयन गरेको हो ।

त्यस्तै संघको प्रथम उपाध्यक्षमा डम्बर सिंह सुनार, द्धितिय उपाध्यक्षमा सुशिल जंग चन्द, महासचिवमा जिमजियाङ राई, सचिवमा डिल्लीराज खड्का र कोषाध्यक्षमा कमान सिंह डाँगी चयन भएका छन् ।

सदस्यहरूमा अम्बर बहादुर गिरी, देव बहादुर खड्का, गेदलाल बस्नेत, जगत वहादुर राज गुरु र दुर्गा प्रसाद डाँगी चयन भएका छन् । यसैगरी, ठेक्कापट्टा संयोजकमा काली प्रसाद भण्डारी, केन्द्रिय प्रतिनिधिमा धिरज रावत र हिमेन्द्र वाबु सेजवाल चयन भएका छन् ।