September 21, 2026, Monday
२०८३ आश्विन ५, सोमबार
संबिधानको रक्षाको लागी सबै नेपाली एकजुट हुनुपर्ने बेला आएको छ : रेग्मी

संबिधानको रक्षाको लागी सबै नेपाली एकजुट हुनुपर्ने बेला आएको छ : रेग्मी

पौष २६, सल्यान । नेपाली कांग्रेसका नेता तथा पूव केन्द्रीय सदस्य डिल्लीराज रेग्मीले संबिधानको रक्षाको लागी सबै नेपाली एकजुट हुनुपर्ने बेला आएको बताएका छन ।

संसद विघटन विरुद्ध प्रत्येक निर्वाचन क्षेत्रमा बिरोध प्रदर्शन गर्ने नेपाली काङ्ग्रेसको केन्द्रिय कार्यक्रम अनुसार शनिबार सल्यानको श्रीनगरमा भएको बिरोध सभामा बोल्दै उनले यस्तो बताएका हुन ।

बच्चा जन्माए पछि, त्यसको संरक्षण गर्ने दायित्व पनि अभिभावक हुने बताउदै उनले संबिधान सभा बाट बनाएको संबिधानको अभिभावकत्व पनि कुनै एउटा दल बिशेशको मात्रै दायित नभएकोले सबै नेपालीले संबिधानको स्वामित्व लिनुपर्ने र संरक्षण गर्नुपर्ने बताएका हुन ।

” हामीले संबिधान सभाबाट संबिधान बनाएका हौं । त्यसको स्वामित्व हामिले ग्रहन गर्ने नगर्ने ?” उनले भने – “बच्चा जन्माएर मात्रै हुदैन, त्यसको संरक्षण गर्ने दायित्व पनि अभिभावकत्व हुन्छ। त्यसैले संबिधानको अभिभावकत्व र सुरक्षा आम नेपाली आमावुवा दाजुभाइ, दिदिबहिनीले गर्नु पर्ने गहनतम दायित्व आएको छ । त्यसको लागी तपाई हामी एकजुट हुनुपर्ने बेला आएको छ ।

नेपाली कांग्रेस क्षेत्र न. २ ले श्रीनगरमा गरेको कार्यक्रमलाई नेपाली काङ्ग्रेसका जिल्ला नेताहरु सुरेस अधिकारी, नेपाली काङ्ग्रेसका महासमिति सदस्य केश बहादुर बिष्ट, प्रेम बहादुर डाँगी लगायतका नेताहरुले सम्बोधन गरेका थिए ।