राष्ट्रिय प्रजातान्त्रिक बिद्यार्थी संगठन नेपालले सल्यानबाट खाता खोल्यो
चैत ०५, सल्यान । आसन्न स्वतन्त्र बिद्यार्थी युनियनको निर्वाचनमा राप्रपा नेपालको भातृ संगठन राष्ट्रिय प्रजातान्त्रिक बिद्यार्थी संगठन नेपालले सल्यानबाट खाता खोल्न सफल भएको छ ।
सल्यानको खलंगामा रहेको सल्यान क्याम्पसमा सह-सचिब सहित एक प्रत्यक्ष र एक सदस्य समानुपातिकमा निर्विरोध निर्वाचित भएसंगै खाता खोल्न सफल भएको हो ।
राप्रपा नेपाल सल्यानका कोषाध्यक्ष अन्जित श्रेष्ठले निर्वाचित सबैलाई बधाई अनि शुभकामना दिदै यो सानो झिल्को मात्रै रहेको र त्यो झिल्को राप्रपा नेपाल सल्यानले बाल्न सफल रहेको बताउनु भयो ।
#सल्यान क्याम्पस #बिद्यार्थी निर्वाचन
लेखकको सम्वन्धमा