संघीय निजामती सेवा ऐन तत्काल जारी गर्न दबाब : सल्यान बाट बुझाइयो ज्ञापन पत्र
असार २७, सल्यान । संघीय संसदको चालु अधिबेशन बाट तत्काल संघीय निजामती सेवा ऐन जारी गर्न दबाब दिने उदेश्यले सल्यानमा क्रियाशिल विभिन्न चार वटा ट्रेड युनियन संगठनहरूले प्रधानमन्त्री शेरबहादुर देउवालाई ज्ञापनपत्र बुझाएका छन ।
सतहत्तर जिल्ला बाट एकै साथ दबाब दिने कार्यक्रम अन्तरगत सोमबार प्रमुख जिल्ला अधिकारी बिपिन आचार्य मार्फत नेपाल निजामती कर्मचारी संगठन जिल्ला कार्य समिति सल्यान , नेपाल निजामती कर्मचारी युनियन जिल्ला कार्य समिति सल्यान, राष्ट्रिय कर्मचारी संगठन (निजामती) जिल्ला कार्य समिति सल्यान र एकीकृत सरकारी कर्मचारी संगठन नेपालले प्रधानमन्त्री देउवा समक्ष सयुक्त ज्ञापन पत्र बुझाएका हुन ।
देश संघीय राज्य व्यवस्थामा गएको लामो समयसम्म पनि संघीय शासन प्रणालीको कार्यन्वयनको लागि संघ, प्रदेश र स्थानीय तहका कर्माचारीको व्यवस्थापन र मार्गदर्शन गर्ने छाता ऐनको रुपमा रहेको संघीय निजामती सेवा ऐन जारी नहुदा मुलुकको सार्वजनिक प्रशासन अन्योल र अस्थिरताको भुमरीमा परेकोले राष्ट्रिय स्तरका ट्रेड युनियनहरूले विभिन्न मितिमा पेश गरेका सुझावहरू लाई समेटेर संसदको चालू अधिबेशन बाटै संघीय निजामती सेवा ऐन जारी हुनुपर्ने र जारी नभएमा थप संघर्षका कार्यक्रम अघि बढाइने ज्ञापन पत्रमा बताइएको छ ।
उक्त कार्यक्रममा नेपाल निजामती कर्मचारी संगठन, सल्यानका अध्यक्ष ध्रुव बहादुर खत्रीले ज्ञापन पत्र बाचन गरेर सुनाएका थिए भने कार्यक्रमकाे सहजिकरण नेपाल निजामती कर्मचारी संगठन, केन्द्रीय अनुशासन आयाेगका सदस्य प्रकाश शर्माले गरेका थिए । कार्यक्रममा नेपाल निजामती कर्मचारी युनियन सल्यानको अध्यक्ष लिलाधर ववाल, राष्ट्रिय कर्मचारी संगठन (निजामती) सल्यानमा प्रतिनिधि बिज्ञान महतरा लगाएतको उपस्थिति रहेको थियो ।
लेखक, नयाँ दृष्टि डिजिटल पत्रिकाको सम्पादक हुनुहुन्छ।
लेखकको सम्वन्धमा