January 17, 2025, Friday
२०८१ माघ ४, शुक्रबार
सल्यान जिल्ला स्तरीय भलिबल प्रतियोगिताको पुरस्कार राप्ती किङ्गलाइ

सल्यान जिल्ला स्तरीय भलिबल प्रतियोगिताको पुरस्कार राप्ती किङ्गलाइ

८ चैत , सल्यान ।

सल्यानमा स्वास्थ्यका लागि खेलकुद राष्ट्रका लागी खेलकुद भन्ने मुल नाराका साथ संचालन भएको जिल्ला स्तरीय भलिबल प्रतियोगिता सम्पन्न भएको छ।

ए.बी.सी क्लब त्रिबेणि गाउँपालिका ६ लुहामको आयोजनामा संचालनमा आएको भलिबल प्रतियोगितामा १९ वटा टिमले सहभागिता जनाएका थिए ।

खेलको अन्तिम आज राप्ती किङ्ग र कालिमाटी गाउँपालीकाले खेलेका थिए ।

कालीमाटी लाई हराउदै राप्ती किङ्ग बिजय भएको हो । यो खेल को पुरस्कार राशी १ लाख रहेको थियो ।

जस मध्ये राप्ती किङ्ग भलिबल ट्रेनिङ सेन्टरले प्रथम स्थान हासिल गर्दै रु ५० हजार र प्रमाणपत्र , कालिमाटी द्वितिय स्थान हासिल गर्दै रु ३० हजार र प्रमाणपत्र र ए.बी.सी लुहामले तृतिय स्थान हासिल गर्दै रु २० हजार र प्रमाणपत्र सहित पुरस्कार प्राप्त गरेका हुन् ।