September 19, 2024, Thursday
२०८१ आश्विन ३, बिहीबार
सल्यानकि  पुष्पा भण्डारी बनिन्  प्रफमर अफ द इअर

सल्यानकि पुष्पा भण्डारी बनिन् प्रफमर अफ द इअर

८ चैत, काठमाडौं

। म्याराथनको पहिलो अन्तर्राष्ट्रिय स्वर्ण विजेता पुष्पा भण्डारी प्रफमर अफ द इअर बनेकी छिन् । उनले बजाज पल्सर स्पोर्टस अवार्ड–२०७७ मा प्रफमर अफ द इअरको अवार्ड जितेकी हुन ।

वर्ष २०७७ मा बंगलादेशको ढाका म्याराथनमा पुष्पाले म्याराथनको उपाधि जितेर कीर्तिमान कायम गरेकी थिइन् । ढाका म्याराथनमा २ घण्टा ५९ मिनेट ५४ सेकेण्डको टाइमिङसहित उनले स्वर्ण जितेकी हुन् ।

सन् २०१९ को १३औं दक्षिण एसियाली खेलकुदमा २ घण्टा ५० मिनेट ११ सेकेण्डको राष्ट्रिय कीर्तिमानसहित रजत जितेकी पुष्पाले कोरोना महामारीको असर परेको वर्ष २०७७ मा अन्य तीन राष्ट्रिय हाफ म्याराथनमा पनि स्वर्ण जितेकी थिइन् ।

२०७७ मसिरमा नेपालगन्ज हाफ म्याराथन, फागुनमा प्रधानसेनापति हाफ म्याराथन र चैतमा किसुनजी स्मृति हाफ म्याराथनको उपाधि जितेकी थिइन् ।

सल्यानकी २६ वर्षीया पुष्पाले २०६८ को छैटौं राष्ट्रिय खेलकुददेखि राष्ट्रिय प्रतियोगिता खेल्न थालेकी हुन।
उनी लामो दूरीमा नेपालको उत्कृष्ट धावक हुन।

भर्खरै प्रकाशित

ट्रेन्डिङ न्युज