September 19, 2024, Thursday
२०८१ आश्विन ३, बिहीबार
सल्यानको छायाक्षेत्र शक्तिपिठमा शिवरात्री विशेष भब्य मेला (फोटो  फिचर)

सल्यानको छायाक्षेत्र शक्तिपिठमा शिवरात्री विशेष भब्य मेला (फोटो फिचर)

 

फागुन ०६, सल्यान । सल्यानको छत्रेश्वरी शक्तिपिठ मन्दिर सल्यान जिल्लाको प्रमुख धार्मिक स्थलको रुपमा लिइन्छ ।

यस स्थानमा सत्य युगमा महादेवले सतीदेवीको मृत शरीर बोकेर विश्व भ्रमण गर्दा सतीदेवीको अन्तिम अंग यही छायाँक्षेत्रमा पतन भएर छत्रेश्वरी देवी, सुकमोला योगिनी, पिशाचेश्वर महादेव प्रकट हुनु भएको भन्ने किम्मदन्ती पाइन्छ ।

छायाक्षेत्र मन्दिर, नेपालका सबै शक्ति पीठहरूमध्ये बली नचढाइने एकमात्र शक्ति पीठको रुपमा समेत सुप्रसिद्ध रहेको छ ।

हरेक बर्ष झै आजपनि महाशिवरात्रीका दिन यहाँ ठुलो मेला लागेको छ । यस दिन मनले चिताएको फल प्राप्त हुने बिश्वासका साथ यस मेलामा थुप्रै भक्तजनहरुले पुजा आरधाणा गर्ने गरेका छन । मेलामा यो बर्षपनि छिमेकी जिल्लाहरु (दाङ, नेपालगन्ज,रोल्पा ,रुकुम) लगायतका ठाउँबाट हजारौं भक्तजनहरू मेला अबलोकन गरेका छ्न ।

रोचक कुरा त के छ भने मन्दिर परिसरको उत्तरतर्फ एउटा ठुलो शिला रहेको छ । त्यहाँ अहिले पनि आँखाले अबलोकन गरे आसपासका सुन्दर गाँउबस्तीको प्रतिबिम्ब स्पष्ट देख्न सकिन्छ ।

जहाँ सतीदेवीको सम्पुर्ण अङ्ग पतन भएको विश्वास गरिन्छ ।

तस्वीर : पुष्कर बिहानी (नयाँ दृष्टि)

योग रजनी


भर्खरै प्रकाशित

ट्रेन्डिङ न्युज