March 28, 2024, Thursday
२०८० चैत्र १५, बिहीबार
प्रहरीसामु आत्मसमर्पण गरेका पलको इच्छा : एकपटक दर्शकसँग बसेर फिल्म हेर्ने

प्रहरीसामु आत्मसमर्पण गरेका पलको इच्छा : एकपटक दर्शकसँग बसेर फिल्म हेर्ने

१५ फागुन, काठमाडौं । प्रहरीसमक्ष आत्मसर्मपण गरेका अभिनेता पल शाहले आफूलाई एकपटक दर्शकसँग बसेर चलचित्र हेर्न मन लागेको इच्छा व्यक्त गरेका छन् ।

प्रहरीसमक्ष आत्मसर्मपण गर्नुअघि पलले एक भिडियो सार्वजनिक गर्दै आफ्नो इच्छा व्यक्त गरेका हुन् ।

उनले भनेका छन्, ‘सरकारसँग म एकपटक दर्शक र मेरो टिमसँग बसेर चलचित्र हेर्ने इच्छा व्यक्त गर्दछु । मलाई थाहा छैन मेरो यो कुरा पूरा हुन्छ या हुँदैन । सम्भव भयो भने त्यो अवसर पनि दिनुहुनेछ भन्ने लागेको छ । सम्मानित अदालतले जे निर्णय गर्नेछ, म त्यसलाई स्वीकार गर्नेछु ।’

उनले अगाडि भनेका छन्, ‘म केही दिन आफ्नै कारणले गर्दा प्रहरीसमक्ष उपस्थित हुन सकिनँ । मेरो कारणले कसैलाई गाह्रो परेको छ भने माफी माग्न चाहन्छु । कानुनलाई म पूर्ण रुपमा सघाउनेछु । मलाई यो घटनाको पहिलो दिनबाट नै फसाउने कोशिश गरिएको थियो ।’

अभिनेता शाहले आइतबार दिउँसो मात्र जिल्ला प्रहरी कार्यालय तनहुँसामु आत्मसर्मपण गरिसकेका छन् । पलमाथि एक नाबालिका गायिकामाथि करणी गरेको अभियोग छ । बुधबार प्रहरीमा उजुरी परेपनि पल भने फरार थिए । प्रहरीले उनलाई खोजी गरिरहेको थियो ।

भर्खरै प्रकाशित

ट्रेन्डिङ न्युज