September 21, 2026, Monday
२०८३ आश्विन ६, मंगलवार
नेकपा एमाले छ्त्रेस्वरी गाउँपालिका वडा न. ४ को वडा कमिटी गठन तथा वडा भेला सम्पन्न

नेकपा एमाले छ्त्रेस्वरी गाउँपालिका वडा न. ४ को वडा कमिटी गठन तथा वडा भेला सम्पन्न

११ फागुन, सल्यान। नेकपा एमाले छत्रेस्वरी गाउँ कमिटी अन्तर्गत वडानं ४ को वडा भेला तथा वडा कमिटि पुनर्गठन भएको छ।

वडा अध्यक्ष नेव बहादुर खड्का को अध्यक्षतामा र नेकपा एमाले जिल्ला कमिटी सचिव क. ओज बहादुर बुढाथोकीको प्रमुख आतिथ्यता एवं जिल्ला कमिटी सदस्यहरू क. चक्र बिएम, क. फौद बहादुर बस्नेत, क तुल्सा बिक गाउँकमिटी उपसचिव क. ईश्वरी बस्नेत गाउँ कमिटी सदस्यहरू क. तिर्थराज दाहाल, क. छबि के सी क चेत बहादुर वली क दुर्गा लाल बि क, क. चुर्ण बहादुर बि क ,जय बहादुर घर्ती ,क शान्ता कुमारी उपाध्याय लगायत वडा कमिटि का पदाधिकारी को आथित्यतामा भेला सम्पन्न भएको छ।

भेला को संचालन क. चुर्ण बहादुर के सीले गर्नुभएको थियो। भेलाले गिर्दल के सी को नेतृत्वमा वडाकमिटि पुनर्गठन गरेको छ, भने नेकपा एमालेको जनवर्गिय संगठन पनि गठन गरेको छ।

जस अनुसार घमन्ड बहादुर खत्रीको अध्यक्षतामा ७ सदस्य जेष्ठ कम्युनिस्ट मञ्च, जित बहादुर बि कको अध्यक्षतामा २३ सदस्य , उत्पीडित जातीय मुक्ति समाज, सरिता पुन को अध्यक्षतामा २७ सदस्य .अ.ने.मा.संघ, त्यसैगरि मेघराज खड्का को अध्यक्षतामा १३ सदस्य किसान महासंघ, जय बहादुर घर्ती को अध्यक्षतामा ७ सदस्य लोकतान्त्रिक जनजाति महासंघ गठन भएको छ।