सल्यानमा पहिलोपटक प्याकेजिङ टुर सेवा संचालन हुदै
सल्यानमा पहिलोपटक प्याकेजिङ टुर सेवा संचालनमा आउने भएको छ। जिल्लाका विभिन्न पर्यटकीय स्थलहरुमा घुम्न आउने आन्तरिक तथा बाह्य पर्यटकहरूलाई सहजताको को लागी होटेल युनाइटेड प्रालि श्रीनगरले प्याकेजिङ टुर सेवा संचालन गर्न लागेको हो।

भिजिट नेपाल 2020 लाई मध्यनजर गर्दै सल्यान आउने प्रयटकहरूलाई खाना, बस्न, घुम्न तथा रमाउना कुनै प्रकारको झन्झट र तनाव नहोस भनेर सेवा आरम्भ गर्ने सोच बनाएको होटेलका संचालक बिकास डिसीले बताउनुभयो। संचालक डिसीका अनुसार , प्याकेजिङ टुर कार्यक्रम अन्तर्गत कुपिन्डे ताल, खैराबाङ्ग भगवती र छायाक्षेत्र मन्दिर घुम्न प्रतिव्यक्ति जम्मा चौबीस सय रुपैयाँ मात्रै लाग्ने छ। सोही पैसामा प्रयटकहरूलाई कुपिण्डे ताल डुङ्गा सयर गराउनुको साथै एकदिनको खाजा ,खाना र बाँस बस्नको को पनि सुबिधा हुनेछ।

त्यसैगरी, खैराबाङ्ग मन्दिर र कुपिन्डे ताल मात्रै घुम्न चाहेमा प्रतिव्यक्ति जम्मा तेईस सय रुपैयाँ लाग्ने छ र कुपिण्डे मात्रै घुम्न बाईस सय रुपैयाँ ,खैराबाङ्ग र छायाक्षेत्र मात्रै घुम्न क्रमश पन्ध्र/ पन्ध्र सय रुपैयाँ लाग्ने छ।यी प्याकेजमा पनि एकदिन बराबरको खाजा, खाना र बाँस बस्नको सुबिधा हुनेछ। साथै आवस्यकता अनुसार सेवा सुविधा थप्न पनि सकिने उहाले बताउनु भयो।

पछिल्लो समय सल्यान आन्तरिक तथा बाह्य प्रयटकहरूको गन्तव्य बन्दै गइरहेको छ।जिल्लाका कुपिन्डे ताल , खैराबाङ्ग मन्दिर , छायाक्षेत्र मन्दिर , कुमाख लेक ,जथाक लेक ,मालिका क्षेत्र आदि प्रयटकको रोजाईमा पर्दै गएका छ्न।
प्रतिकृया दिनुहोस्