September 24, 2026, Thursday
२०८३ आश्विन ८, बिहीबार
खलंगामा सामुहिक रचना वाचन कार्यक्रम हुने

खलंगामा सामुहिक रचना वाचन कार्यक्रम हुने

सल्यान सदरमुकाम खलंगामा सामुहिक रचना वाचन कार्यक्रम हुने भएको छ ।समाजवाद अध्ययन केन्द्र सल्यानको आयोजनामा यहि पौष उन्नाईस गते शनिवारका दिन सामुहिक रचना वाचन कार्यक्रम हुने भएको हो। श्रष्टाको सम्मान र साहित्यको प्रवर्दनको लागि कार्यक्रम तय गरिएको आयोजकले बताएको छ।

फाइल फोटो

सामुहिक रचना वाचन कार्यक्रमका संयोजक मौषम दास श्रेष्ठका अनुसार ”अध्ययन केन्द्रको यहि पौष १२ गते बसेको बैठकको निर्णय अनुसार कार्यक्रम आयोजना हुने लागेको हो।साहित्यको प्रचारप्रसार गर्नु ,नया पुस्तामा साहित्य प्रति रुचि जगाउनु र श्रष्टाहरूको सम्मान गर्नु कार्यक्रम उदेश्य रहेको छ ।कार्यक्रममा करिब आधा दर्जन बढी श्रष्टाहरुले आफ्ना  रचनाहरू  वाचन गर्ने छन ।कार्यक्रम समाजवाद अध्ययन केन्द्र सल्यानको प्रांगन लालदरवारमा दिउसो १ बजे देखि सुरु हुने छ ।

कार्यक्रममा सहभागी बन्न अध्ययन केन्द्रले सबैलाई अनुरोध गरेको छ।