एनआरएनए जापानको सह– कोषाध्यक्षमा दिपकको उम्मेद्वारी, डिजिटलाईज पारदर्शि बनाउने प्रतिवद्धता
काठ्माण्डौं, नेपाल । गैर आवासिय नेपाली संघ राष्ट्रिय समन्वय परिषद जापानको २०२१–२०२३ कार्यकालको सह–कोषाध्यक्ष पदमा दिपक सुनारले दावेदारी प्रस्तुत गरेका छन ।
एनआरएनए क्षेत्रिय समिति नीगाता ( २०१९–२०२१ ) का निवर्तमान संयोजक सुनारले विवादरहित ढंगले नेतृत्व हस्तान्तरण गरेपछि एनआरएनए जापानको आगामी कार्यकालको लागि केन्द्रमा काम गर्न आफुले सह – कोषध्यक्ष पदमा उम्मेद्वारी दिएको बताएका छन ।
आग्नो बद्धि, विवेक र सबैको साथले क्षेत्रिय समिति नीगाताको २०१९–२०२१ कार्यकाल सफलतापूर्वक सम्पन्न गरेर जिम्मेवारी हस्तान्तरण गरेको बताउदै उनले भने यसअघि जस्तै अहिले पनि सबैको साथको अपेक्षा गर्दै एनआरएनए केन्द्रमा रहेर काम गर्न आफुले जानेको सिप अनुसारको पदमा उम्मेद्वारी दिएको बताए ।
नीगाता क्षेत्रिय समितिको सदस्य तथा उपसंयोजकको जिम्मेवारी समेत सम्हालेका तथा कोष परिचालन र आर्थिक पारदर्शिताको व्यवहारिक अभ्यास र ज्ञानमा उनले बिषेश दख्खल राख्ने गरेका सुनारले आफ्नो कार्यकालमा एनआरएनए जापानलाई डिजिटलाईज आर्थिक पारदर्शि बनाउने प्रतिवद्धता गरेका छन ।
‘जापानमै दुई वटा कोअपरेटिभ सोसाईटीको संचालकको रुपमा काम गरिरहेको छु ।’ उनले भने ‘रेमिट्यान्स कम्पनिको म्यानेजर सहित एसडिएस ईन्टरनेशनल कम्पनीको म्यानेजिङ डाईरेक्टरको रुपमा सम्हालेको जिम्मेवारी सहितको अनुभवका आधारमा सह–कोषाध्यक्षको जिम्मेवारी सफलतापूर्वक पुरा गर्नसक्छु भन्ने दृढ विस्वास सहित उम्मेद्वारी दिएको हुँ ।’
प्रतिकृया दिनुहोस्