अयोध्यामा राम मन्दिर निर्माणका लागि जमिन खरिदमा ठूलो घोटाला
जेठ ३१, काठ्माण्डौ । भारतको अयोध्यामा राम मन्दिर निर्माणका लागि जमिन खरिदमा ठूलो घोटाला तथा भ्रष्टाचारको आरोप लागेको छ।
समाजवादी पार्टीका नेता तथा पूर्व विधायक तेजनारायण पाण्डेयले दुई करोड भारुमा किन्ने गरि बैना भएको जमिन केही मिनेटमै १८ करोड ५० लाख भारुमा फेरि किनिएको आरोप लगाएका छन्।
राम जन्मभूमि ट्रष्टका सचिव चञ्पत रायले आरोप अस्वीकार गर्दै आधारहिन र राजनीतिक रुपमा प्रेरित रहेको दाबी गरेका छन्।
वक्तव्य जारी गरेर उनले श्रीराम जन्मभूमि तिर्थ क्षेत्र ट्रष्टले अहिलेसम्म किनेका जमिन खुला बजारमा रहेको मूल्य भन्दा निकै कममा किनिएको दाबी गरेका छन्।
आइतबार सामाजवादी पार्टीका नेता पाण्डेयले अयोध्यामा पत्रकार सम्मेलन गरेर दुइए करोडमा बैना गरिएको जमिन ट्रष्टले १० मिनेटपछि १८ करोड ५० लाखमा किन्ने गरि सहमति गरेको आरोप लगाएका हुन्।
उनले राम मन्दिरको नाममा जमिन किन्ने बहाना बनाएर राम भक्तहरुको ठगी भइरहेको आरोप लगाएका छन्।
यस्तै आम आदमी पार्टीका सांसद सञ्जय सिंहले पनि लखनउमा पत्रकार सम्मेलन गरेर राम मन्दिरको नाममा किनिएको जमिनमा भ्रष्टाचार भएको आरोप लगाएका छन्।
देशसंचार बाट ।
प्रतिकृया दिनुहोस्