March 16, 2025, Sunday
२०८१ चैत्र ३, सोमबार
अनुदानमा दिएका ‘टर्किस ओखर’का बिरुवा सुके, के भन्छ – कृषि कार्यालय सल्यान ?

अनुदानमा दिएका ‘टर्किस ओखर’का बिरुवा सुके, के भन्छ – कृषि कार्यालय सल्यान ?

जेठ ३१, सल्यान । सल्यानका विभिन्न ठाउँहरुमा किसानहरुले लगाएका ओखरका विरुवा सुकेका छन । कृषि विकास निर्देशनालय सुर्खेतको खरिद तथा कृषि विकास कार्यालय सल्यानको समन्वयमा जिल्लाका विभिन्न कृषक समुह मार्फत किसानलाई ८५ प्रतिसत अनुदानामा  वितरण गरिएका टर्किस ओखरका विरुवा लगाएको १ महिना सम्म पनि नपलाए पछि किसानहरुले सुकेको पुष्टि गरेका छन ।

जिल्लाको थारमारेको वडा नं ३, ९ लगाएत शारदा नगरपालिकाको केही स्थानमा लगाएका टर्किस ओखरका विरुवा सुकेको किसानहरुले सामाजिक संजाल मार्फत जनाएका छन । किसानहरुले सामाजिक संजालमा राखेका ओखरका विरुवा अहिले समाजिक संजालमा भाइरल भएका छन ।

ओखरका विरुवा वितरण गर्ने समयमै सुकेको अवस्थामा भएको एक किसानले बताए । तर लगाएपछि जाग्छन की भनेर लगाएको तर १ महिना सम्म पनि नजागेको उनको भनाई छ । तर जिल्ला विकास कार्यालय सल्यानका सुचना अधिकारी रेशम बस्नेतले भने विरुवा सुकेको नभई कोल्ड च्याम्बरमा राखेर टर्की बाट ल्याईएकोले विरुवा सुकेको जस्तो देखिएको बताए । त्यस्तो विरुवा १५ – २० दिन सम्म सुस्त अवस्थामा हुने र त्यसपछि उचित हावापानी भएमा हुर्किने उनको भनाई छ ।

करिव १३ सय मिटरको उचाईमा हुने भएपनि १५ मिटर उचाईमा यो विरुवा हुर्किने तर सो भन्दा कम उचाईमा लगाएका विरुवा नजागेको उनको भनाई छ । जिल्लामा करिव १५२ जना किसानले करिव ११ हजार ५ सय विरुवा लगाएकोमा ८० प्रतिशत जागेको उनको भनाई छ ।

पुस, माघ महिनामा लगाउनु पर्ने विरुवा जेठमा लगाउदा पनि विरुवा हुर्किनमा समस्या भएको हुन सक्ने उनले बताए । कृषि विकास निर्देशनालयले अनुदानमा दिएको विरुवा भएकोले विरुवा किन ढिलो आयो भन्नेबारे निर्देशनालयमै बुझ्नुपर्ने उनको भनाई छ । आफुहररुले विरुवा सल्यान आएको ३ दिनभित्र सवै किसानको हातमा पुर्याएको उनको दावि छ ।

जिल्लाका अन्य किसानहरुले आफ्ना बिरुवा जागेको बताएका छन् ।