May 23, 2025, Friday
२०८२ जेष्ठ १०, शुक्रबार
जिल्ला अस्पताल सल्यानलाई २५ बेडको आइसोलेसन भवन हस्तान्तरण

जिल्ला अस्पताल सल्यानलाई २५ बेडको आइसोलेसन भवन हस्तान्तरण

सल्यान १८, जेठ । जिल्ला अस्पताल सल्यानलाई २५ बेडको आइसोलेसन भवन हस्तान्तरण गरिएको छ ।

कोरोना संक्रमित बिरामीको उपचारको लागि जिल्ला अस्पतालमा बेड अभाव भएपछी शारदा नगरपालिकाको आर्थिक तथा प्राविधिक सहयोग र सबुज गण सिमखर्कको श्रमदानमा निर्माण गरिएको २५ वेडको आइसोलेसन भवन निर्माण गरिएको थियो ।

शारदा नगरपालिका र सबुज गणको सहकार्यमा निर्मान गरिएको उक्त भवनलाई “शारदा सबुज भवन” नामाकरण गरिएको छ । उक्त भवन मंगलवार एक कार्यक्रमका बिच हस्तान्तरणसँगै उद्घाटन गरिएको हो ।

मंगलबार शारदा सबुज भवनको साँचो अस्पताल बिकास समितीका अध्यक्ष सिपि ओलीलाई हस्तान्तरण गरिएको हो ।

नगरपालिकाको झण्डै १५ लाख आर्थिक सहयोग र नेपाली सेनाको झण्डै १० लाखको श्रमदान गरेर करिब २५ लाख रुपैँयामा शारदा सबुज भवन निर्माण कार्यसम्पन्न भएको नगरपालिकाकाले बताएको छ ।

कोरोना संक्रमितलाई बचाउन नगरपालिका प्रतिबद्ध छ : अधिकारी

त्यस्तै हस्तान्तरण कार्यक्रममा बोल्दै शारदा नगरपालिकाका नगरप्रमुख सुरेश अधिकारीले नागरिकलाई कोरोनाबाट बचाउनको लागि नगरपालिका प्रतिबद्ध रहेको बताएका छन । नगरको प्राथमिकता शिक्षा र स्वास्थ्य रहेको उनको भनाइ छ ।

जिल्ला अस्पतालमा बिरामी राख्ने समस्या भएको र नगरले आफ्नै आइसोलेसन निर्माण गर्न केही समस्या हुने भएकाले नगर भित्र रहेको जिल्ला अस्पतालमा २५ बेडको आइसोलेसन निर्माण गरिएको उनले बताए ।

कार्यक्रममा प्रमुख जिल्ला अधिकारी लक्ष्मीदेवी होमागाईले जिल्लामा कोराना संक्रमितको उपचारको लागि नगरपालिका र नेपाली सेनाले गरेको कामको प्रसंशा गर्दै आइसोलेसनमा आबश्यक पर्ने अक्सिजन सिलिन्डर र अक्सिजन कन्सन्ट्रेटरको ब्यवस्थापन गर्न अस्पताललाई सुझाव दिएकी थिइन ।

एकहप्ता भित्रमा आइसोलेसन भवन निर्माण गर्ने लक्ष्यका साथ कामको थालनी गरिएपनि निषेधाज्ञाका कारण निर्माण सामाग्री आयातमा समस्या र बर्षातका कारण १५ दिनमा निर्माण कार्य सकिएको सबुज गणका प्रमुख कन्चन कृष्ण बस्नेतले बताए ।

यस्तै अस्पताल बिकास समितिका अध्यक्ष सिपि ओलीले जिल्ला अस्पतालको स्तरोन्नतीको लागि सबै क्षेत्रबाट निरन्तर सहयोगको अपेक्षा गरिएको बताए । शारदा नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत शंकरराज पाठकले कोरोना र बिपतजन्य घटनाको अबधिमा प्रयोग गर्न सकिने गरि भवन निर्माण गरिएको बताए ।

कार्यक्रमको सहजीकरण शारदा नगरपालिकाको स्वास्थ्य शाखा प्रमुख बिरेन्द्र हमालले गरेका थिए ।

भर्खरै प्रकाशित

ट्रेन्डिङ न्युज