September 29, 2026, Tuesday
२०८३ आश्विन १३, मंगलवार
सल्यानमा गंगा राेजिन एण्ड टर्पेन्टाइनले मापडण्ड विपरित साना सल्लाबाट खोटो निकाल्यो

सल्यानमा गंगा राेजिन एण्ड टर्पेन्टाइनले मापडण्ड विपरित साना सल्लाबाट खोटो निकाल्यो

बैशाख १५, सल्यान । सल्यानमा खाेटाे कम्पनीले सामुदायीक वनसँगकाे मिलेमताेमा मापडण्ड नपुगेका सल्लाबाट खाेटाे निकालेकाे पाइएकाे छ ।

जिल्लाकाे बागचाैर नगरपालिका २ चारखाेलामा रहेकाे देउराली सामुदायीक वनबाट गंगा राेजिन एण्ड टर्पेन्टाइनले मापडण्ड विपरित साना सल्लाहरुबाट खाेटाे निकालेकाे हाे ।

वन ऐन अनुसार ९५ सेन्टिमिटर गाेलाइ भन्दा तलका कुनैपनि सल्लाबाट खाेटाे निकाल्न पाइदैन् । त्यस्तै, एउटा सल्लाबाट साढे ३ देखि ५ केजी सम्म मात्रै खाेटाे निकाल्न पाइन्छ ।

तर देउराली सामुदायीक वनमा भने ९५ सेन्टिमिटर गाेलाइ भन्दा धेरै साना सल्लाबाट खाेटाे निकालिएकाे हाे । साना सल्लाहरुबाट खोटो निकालेको विषयमा स्थानीयहरुले कुरा उठाएपछि अहिले डिभिजन वन कार्यालय सल्यानले उक्त ठाउँमा खाेटाे संकलन गर्न राखिएका टाेकरी हटाएकाे बताइएको छ ।

उक्त टाेकरी राखिएका सल्लाहरुमा अहिले टाेकरी निकालेर माटाेले चाेप पुरिएकाे छ । अब याे सामुदायीक वनले एकवर्ष सम्म खाेटाे बेच्न नपाउने डिभिजन वन कार्यालय सल्यानका प्रमुख रमेश गिरीले बताए । याे विषयमा थप छानविन समेत हुने उनकाे भनाइ छ ।

उता गंगा राेजिन एण्ड टर्पेन्टाइनले नयाँ कामदार भएका र उनिहरुले थाहा नपाउँदा यस्ताे हुन पुगेकाे भन्दै पन्छिन खाेजेकाे छ । फाइल फोटो ।