May 2, 2026, Saturday
२०८३ बैशाख २०, आईतवार
दाङमा ढुङ्गाले हानेर श्रीमतीको हत्या

दाङमा ढुङ्गाले हानेर श्रीमतीको हत्या

बैशाख १४, तुलसीपुर । दाङको तुल्सीपुरमा ढुङ्गाले हानेर एक व्यक्तिले श्रीमतीको हत्या गरेका छन् । तुलसीपुर उपमहानगरपालिका–७ श्रीगँइ निबासी २५ बर्षका पदम पोख्रेलले २४ बर्षकी श्रीमती विपना रेग्मी पोख्रेललाई करिब रातको आठ बजे ढुङ्गाले हानेर हत्या गरेको ईलाका प्रहरी कार्यालय तुलसीपुरका डिएसपी शिव बहादुर सिंहले जानकारी दिनुभयो ।

श्रीमानले टाउकोमा ढुङ्गा प्रहार गर्दा गम्भिर घाइते भएकी विपनाको राप्ती प्रादेशिक अस्पताल तुलसीपुरमा लग्दै गर्दा बाटोमै मृत्यु भएको प्रहरीलिे बताएको छ । विपनाकी ४ बर्षीया छोरी छन् । हत्या गर्ने श्रीमान फरार रहेको र खोजी कार्य जारी रहेको डिएसपी सिंहले जानकारी दिनुभयो

 

भर्खरै प्रकाशित

ट्रेन्डिङ न्युज