May 17, 2025, Saturday
२०८२ जेष्ठ ४, शनिबार
प्रतिबन्ध फुकुवा भएसंगै सल्यानमा अखिल (क्रान्तिकारी)को संगठन बिस्तारमा तीव्रता

प्रतिबन्ध फुकुवा भएसंगै सल्यानमा अखिल (क्रान्तिकारी)को संगठन बिस्तारमा तीव्रता

चैत ०५, सल्यान । प्रतिबन्ध फुकुवा भए सँगै खुला राजनीतिमा आएको विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी निकट विद्यार्थी संगठन अखिल ( क्रान्तिकारी) ले सल्यानमा संगठन निर्माण र बिस्तार अभियानलाई तिव्रता दिएको छ ।

बुधबार संगठनले जिल्लाको बागचौर नगरपालिका वडा नं १२ मा रहेको दुर्गा सरस्वती माबिमा संगठन निर्मान गरेको बताइएको छ । बिद्यालयहरूमा क्रान्तिकारी संगठनमा उत्साहजनक रुपमा विद्यार्थीहरू संगठित भएको जिल्ला उपाध्यक्ष राजेन्द्र खड्काले बताए ।

संगठनले केही दिन अघि दार्माको जनज्योति माबि फारुलाचौरमा पनि संगठन निर्माण गरेको छ । संगठन निर्माण अभियानमा संगठनका जिल्ला उपाध्यक्ष राजेन्द्र खड्का, सचीव दिपक खड्का लगायत विद्यार्थी नेताहरू खटिएका छन ।