May 13, 2025, Tuesday
२०८२ बैशाख ३०, मंगलवार
सल्यानकी मिनालाई उपचारको लागी २ लाख बढी रकम हस्तान्तरण, थप सहयोगको लागी अपिल

सल्यानकी मिनालाई उपचारको लागी २ लाख बढी रकम हस्तान्तरण, थप सहयोगको लागी अपिल

चैत ०४, काठमाडौं । आर्थिक अभावले स्वास्थ्य उपचार गर्न नसकेकी सल्यानकी मिना ओली “खडका”लाई २ लाख २७ हजार ६०८ रुपैयाँ नगद सहयोग गरिएको छ । विभिन्न सहयोगीहरुको पहलमा उक्त सहयोग रकम जुटेको हो ।

 

सल्यानको दार्मा गाउँपालिका वर्डा नम्बर -५ भालु खोला निवासी मिना ओली “खड्का” विगत १६ महिना अगाडि भिरबाट लडेर मेरुदण्डमा गम्भीर चोट लागेर घाइते भएपछि अहिले अशक्त छिन् । उनको उपचार गर्न काठमाडौं लगिएपनि आर्थिक अभावले घर फर्काएपछि स्थानीय सञ्चारकर्मी गोपाल ओलीले उनको बारेमा युट्युबमा एक भिडियो बनाएर अपलोड गरेपछि विभिन्न सहयोगी अभियान्ताहरुले सहयोगको पहल थालेका थिए ।

उनको स्वास्थ्य उपचारमा सहयोग होस भनेर युवाहरू अतिराम ओली, भक्त बहादुर ओली,यज्ञ बहादुर ओली, नविन्द्र पौडेल, महेश रसाइली, चन्द्र प्रकाश केसी, नरेश खड्का, राम कृष्ण शर्मा लगायतका अन्य युवाहरूको पहलमा देश तथा विदेशबाट अहिले उक्त रकम उठेकोले हस्तान्तरण गरिएको र थप रकम अभाव भएकोले थप सहयोग गर्न अनुरोध गरिएको एक सहयोग संकलन अभियान्ताले जानकारी दिए ।

सहयोग रकम प्राप्त गरेपछि बिरामी खडकाले उपचारमा आशा पलाएको र अझै धेरै रकम चाहिने हुदा आफ्नो आर्थिक अवस्था निकै कम्जोर रहेकोले सहयोगको अपिल गर्दै सहयोग गर्नेहरुलाई धन्यवाद दिएकी छिन् ।