May 13, 2025, Tuesday
२०८२ बैशाख ३०, मंगलवार
सल्यान कुमाखका सबै वडामा पञ्जिकरण ( व्यक्तिगत घटना दर्ता ) अनलाइन मार्फत दर्ता सुरु

सल्यान कुमाखका सबै वडामा पञ्जिकरण ( व्यक्तिगत घटना दर्ता ) अनलाइन मार्फत दर्ता सुरु

चैत्र २, सल्यान । सल्यानको कुमाख गाउँपालिकाका सबै वडामा अनलाईनमा घटना दर्ता शुरु भएको छ । अनलाईन घटना दर्ता गर्न विभिन्न वडामा पूर्वाधार विस्तार गर्नुपर्ने भएकाले केहि ढिला भएपनि हालै सबै वडामा सेवा बिस्तार गरिसकिएको गाउँपालिका अध्यक्ष दिलमाया बुढाले जानकारी दिइन ।

जन्म, मृत्यु, बसाईसराई, विवाह, सम्बन्ध विच्छेद दर्ता लगायतका कार्य अनलाईन मार्फत गर्न थालेपछि सेवाग्राहीको काम छिटो, छरितो हुने अध्यक्ष बुढाले बताइन । गाउँपालिकाले सबै वडामा ईण्टरनेटको सेवा पु¥याएर इन्टरनेट र सफ्टवेयरको माध्यमबाट व्यक्तिगत घटना दर्तालाई प्रविधियुक्त बनाएको हो ।

 


अनलाइनमा नै घटना दर्ता गराई प्रिन्ट गरी प्रमाणपत्र प्रदान गर्दा सेवाग्राही र कर्मचारी दुवैलाई सहज हुने र दस्तावेज सुरक्षित गराउन सहज हुने एमआइएस अपरेटर मेघराज रावतले जानकारी दिए । उनले भनेः “नागरिक हरुको जीवनमा घट्ने घटनाहरुलाई कानुनी रुपमा प्रमाणित गर्नु राज्यको दायित्व हो । घटनाहरुले व्यक्ति, परिवार, समाज, गाउँ, नगर, जिल्ला र राज्यमा समेत असर परिरहको हुन्छ । व्यक्तिगत घटना जस्ता विषयले आर्थीक, शैक्षिक, साँस्कृतिक, विकास र प्रशासनिक कार्यमा प्रत्यक्ष वा अप्रत्यक्षा रुपमा प्रभाव पर्दछ ।”

अनलाइनमा घटना दर्ता गराउँदा दर्ता प्रमाण हराएमा वा केही भएमा पुरानो प्रणाली अन्तर्गत खोजी राख्न समस्या नहुने र सजिलै कम्प्युटरका माध्यमबाट प्रदान गर्न सकिन्छ . नेपालमा जन्म, मृत्यु, विवाह, बसाईसराइ र सम्बन्ध विच्छेद सम्बन्धि घटनाहरुको दर्ता गरी अभिलेख राख्ने प्रक्रियालाई ब्यक्तिगत घटना दर्ता भनिन्छ ।

ब्यक्तिगत घटना दर्ता अनलाईन प्रणालिमा हुदा दोहोरो घटना दर्ता हुने जोखिम नहुने, दर्ता किताब राख्ने ठुलो स्थान नचहिने र हराउने समस्या नहुने, प्रतिलिपि जारी गर्दा किताबमा रहेका विवरणहरु खोजि रहनु नपर्ने, एकै प्रकार विवरणहरु पटक पटक लेखिरहनु नपर्ने, प्रमाण पत्रमा एकरुपता कायम हुने फाइदा हुन्छ । त्यस्तै विवरणहरुको सुरक्षा तथा स्टोरेजको व्यवस्थापन गाउँपालिकाले गर्नु नपर्ने, साथै,वडा सचिवले पटक पटक घटना दर्ता संशोनको कार्य बोझ तथा अनावश्यक दवाब झेल्नु नपर्ने, विभिन्न किसमका जनसाङ्खिक तथ्याङ्कहरु अनलाईन प्रणालिमा भएको हुनाले प्रतिवेद संकलन गर्न सहजता हुन्छ ।

यसबाट व्यक्तिको कानुनी र प्रशासनिक पहिचान साथै हक अधिकार स्थापित हुनुका साथै सरकारी कानुनी र प्रशासनिक कार्यमा घटना दर्ता प्रमाणपत्रलाई प्रमाणको रुपमा प्रस्तुत गर्न सकिन्छ । त्यस्तै राज्यको सन्दर्भमा जनसांख्यिक तथ्यांक प्राप्त हुनुका साथै योजना तथा नीति निर्माण गर्दा व्यक्तिगत घटना दर्ताको जनसांख्यिक तथ्याकंलाई उपयोग तथा आधार लिन सकिन्छ ।

व्यक्तिगत घटना घटेको ३५ दिनभित्र तोकिए बमोजिमको फारम भरी स्थानीय पञ्जिकाधिकारीको कार्यालयमा सूचना दिनु पर्ने हुन्छ भने नेपाल बाहिर घटना घटेको भए सम्बन्धित नियोगमा ३५ दिनभित्र वा नेपाल आएपछि पैंतीस दिनभित्र स्थानीय पञ्जिकाधिकारीको कार्यालयमा सूचना दिनु पर्ने हुन्छ ।

सरकारले सेवाग्राहीलाई छिटोछरितो तरिकाले सेवा प्रदान गर्ने उद्धेश्यले २०७२ सालदेखि पञ्जीकरणसम्बन्धी व्यक्तिगत घटना दर्ता अनलाईन प्रक्रियामार्फत गर्ने घोषणा गरेको भएपनि गाउँपालिकाका सबै स्थानमा इन्टरनेट तथा पूर्वाधारका कारण अनलाइन प्रणाली शुरु समय लागेको हो । तहल्का बाट ।