सल्यानमा मानवअधिकार रक्षक संजाल गठन, संयोजकमा हमाल सहसंयोजक गिरी र नेपाली
फागुन २६, सल्यान । सल्यानमा जिल्ला स्तरीय मानवअधिकार रक्षक संजाल गठन भएको छ । बुधबार अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) कर्णाली प्रदेश कार्यालयको आयोजनामा भएको भेला बाट जिल्ला स्तरीय मानव अधिकार रक्षकहरूको सञ्जाल गठन भएको हो ।
संजालको संयोजकमा बुद्धि प्रकाश हमाल चयन भएका छन भने सह संयोजकमा सिता गिरी र प्रकाश नेपाली चयन भएका छन । संजालको सदस्यमा अधिवक्ता विष्णु शर्मा, गैसस महासंघका गुमानसिं नेपाली, महिला मानवअधिकार रक्षक संजालका अध्यक्ष सोविता बस्नेत, शिक्षिका शान्तीप्रभा पुरी शाह, पत्रकार महासंघका सरिता चलाउने, अधिकारकर्मी सुकदेव कसेरा, मानवअधिकार निगरानी समुहका अध्यक्ष मुना हमाल, पत्रकार बुद्धिमान पुन, विद्यार्थी राधिका कवर सदस्य तथा इन्सेक इएलपी परियोजना संयोजक रामचन्द्र रेग्मी सदस्य – सचिवको रूपमा रहनेगरी कार्यसमिति निर्माण गरिएको हो ।
मानवअधिकारका क्षेत्रमा कृयाशील अधिकारकर्मीहरु असुरक्षित भइ रहेको बेला अधिकारकर्मीहरुलाइ संगठित गर्दै मानवअधिकार रक्षकहरुको लागी जोखिम न्युनिकरण तथा छुट्टै कानुनको व्यवस्था गर्न दबाव दिने उद्देश्यले संजाल गठन गरिएको हो ।
मानवअधिकारका क्षेत्रमा वकालत तथा पैरवी गर्दै पीडितलाई न्याय दिलाउने र पीडकलाई कार्वाहीको दायरा सम्म पुर्याउने उदेश्यले हमालको संयोजकत्वमा १३ सदस्यीय सञ्जाल गठन गरिएको हो ।
इन्सेक जिल्ला प्रतिनिधी मिना बुढाथोकीले संचालन गरेको कार्यक्रममा इन्सेक कर्णाली प्रदेश संयोजक नारायण सुवेदीले सञ्जाल गठनको महत्वको बारेमा प्रष्ट पार्नुभएको थियो । उहाँले यस प्रकारका संजाल कर्णालीमा प्रदेश स्तरीय र कर्णालीका ७ वठा जिल्लामा विस्तार भइ सकेको बताउनु भयो ।
प्रतिकृया दिनुहोस्