June 23, 2025, Monday
२०८२ असार ९, सोमबार
जिल्ला कारागार सल्यानमा एक कैदिको मृत्यु

जिल्ला कारागार सल्यानमा एक कैदिको मृत्यु

 

फागुन २२,सल्यान । जिल्ला कारागार सल्यानका एक कैदीको मृत्यु भएको छ । शनिबार उपचारको क्रममा उनको मृत्यु भएको हो ।

 

 

मृत्यु हुनेमा जिल्लाको कपुरकोट गाउँपालिका ५ धनबाङका ८४ वर्षीय जिब लाल बोहरा रहेका छन । जबरजस्ती करणी मुद्धामा कैद सजाय भुक्तान गरिरहेका उनको उपचारको क्रममा मृत्यु भएको जिल्ला कारागार सल्यानले जनाएको छ ।

 

 

 

जबरजस्ती करणी मुद्धामा फरार भएका बोहरा गएकोे माघ ८ गते मात्र पक्राउ परेका थिए । यहि फागुन १६ गतेबाट उनको स्वास्थ्यमा समस्या आएपछि जिल्ला अस्पताल सल्यानमा उपचार भईरहेको थियो ।

बोहराको उपचारका क्रममा मृत्यु जिल्ला अस्पतालमै मृत्यु भएको जेलर बल बहादुर केसीले जानकारी दिए । उनि ८ बर्ष कैद बस्ने अदालतले फैसला गरेको थियो ।