March 17, 2025, Monday
२०८१ चैत्र ३, सोमबार
सल्यानको महेन्द्र माबि पिपलनेटामा वडाध्यक्षले नै किर्ते गरेर बि.ब्य.स.गठन गरेको नेपाली कांग्रेसको आरोप

सल्यानको महेन्द्र माबि पिपलनेटामा वडाध्यक्षले नै किर्ते गरेर बि.ब्य.स.गठन गरेको नेपाली कांग्रेसको आरोप

फागुन १४, सल्यान । सल्यानको बागचौर नगरपालिका वडा नम्बर १० मा रहेको महेन्द्र माध्यमिक विद्यालय कुमाई गाउँ पिपलनेटाको विद्यालयमा व्यवस्थापन समिति गठन प्रक्रिया नियम सम्बद्ध नभएको भन्दै नेपाली कांग्रेस बागचौर नगरपालिका वडा नं १० ले प्रेस विज्ञप्ति जारी गरेको छ।

विद्यालय व्यवस्थापन समिति गठन गर्दा शिक्षा नियमावली अनुरुप अभिभावक भेला बाट मनोनीत हुने ४ जना सदस्यहरु फागुन ११ गते बसेको अभिभावक भेलाबाट मनोनित गर्न नसकि बैठक स्थगित भएको र सोही ११ गतेकै माइन्युटमा ४ जना सदस्यहरु आफूखुसी राखी अभिभावक भेलाले छनौट गरेको भनेर किर्ते कार्य गरेको आरोप समेत लगाएका छन् ।

 


उक्त विद्यालयमा फागुन १३ गते विद्यालय व्यवस्थापन समिति गठन भएको घोषणा गरिएको थियो ।

विज्ञप्तिमा लेखिएको छ “शिक्षा नियमावलीअनुरुप विद्यालय व्यवस्थापन समितिको अध्यक्ष छनौट गर्नुपर्ने प्रचलित प्रावधान हुँदाहुँदै पनि अभिभावक भेलामा पर्याप्त छलफल नै नगरी बागचौर नगरपालिका वडा नम्बर १० का वडा अध्यक्ष कृष्ण कुमार खड्काले आफै स्वघोषित रुपमा अध्यक्ष पदभार ग्रहण गरी सम्पूर्ण विधि तथा प्रक्रिया उल्लंघन गरी सम्पूर्ण विद्यालय अभिभावकहरूकहरुको मर्म र भावनालाई अपमान भएको छ।

साथै विज्ञप्तिमा बागचौर नगरपालिका नगरप्रमुख लोकमान बुढाथोकीले गैर जिम्मेवारीपूर्ण उपस्थिती जनाएको उल्लेख छ।

यता विद्यालयमा भएको विद्यालय व्यवस्थापन समिति गठन प्रक्रिया बारे बागचौर नगरपालिका शिक्षा शाखामा जानकारी लिन खोज्दा नगर शिक्षा शाखा प्रमुख टेकबहादुर डिसीले आफूहरूलाई वि.व्य.स गठन प्रक्रिया शिक्षा नियमावली अनुरुप छ भनिएकाले आफूहरु घोषणा कार्यक्रममा सहभागी भएको जनाएका छन।

नगरपालिकाबाट छनोट भएका आयोजना अनुगमनको लागि वडा नम्बर १० मा आएको र आफूहरुलाई विद्यालय व्यवस्थापन समिति गठन भई घोषणा कार्यक्रम भइरहेकाले कार्यक्रममा उपस्थित जनाउन आग्रह गरेकाले आफूहरु उपस्थित भएको उनले बताए।

साथै बि.ब्य.स. संगठन प्रक्रिया नियम सम्भव छ / छैन भनेर विद्यालयबाट नगरपालिका शिक्षा शाखामा कुनै पनि कागजात उपलब्ध नभएको र विद्यालयले वि.व्य.स. गठन प्रक्रियाका कागजातहरु शिक्षा शाखा मा उपलब्ध गराएपछि सत्यतथ्य वास्तविकताको छानबिन हुने उनले बताए । स्रोत : गुराँस अनलाइन