होन्डा साइन एसपी र पल्सर १२५ मध्ये कुन राम्रो ?
काठमाडौं । होन्डा साइन एसपी र पल्सर १२५ एक अर्काका प्रतिस्पर्धी मोडल हुन् । १२५ सीसी क्षमता भएका साइन एसपी र पल्सर १२५ दुबै आकर्षक मोटरसाइकल हुन् ।
स्याकार ट्रेडिङले नेपालमा विक्री गर्दै आएको साइन एसपी सर्वाधिक विक्री हुने मोटरसाइकलमा पर्छ भने हंशराज हुलासचन्द एण्ड कम्पनीले एक वर्षअघि नेपाल ल्याएको पल्सर १२५ पनि निकै राम्रो संख्यामा विक्री हुँदै आएको छ ।
होन्डाले साइन एसपीलाई डिस्क र ड्रम दुई भेरियन्टमा विक्री गर्दै आएको छ भने पल्सर १२५ एउटा मात्रै भेरियन्टमा विक्री हुँदै आएको छ । यी दुई मोटरसाइकलको मूल्यपनि लगभग उस्तै रहेको छ ।
होन्डा साइन एसपीको डिस्क भेरियन्टको मूल्य २ लाख ४२ हजार ९०० र ड्रम भेरियन्टको मूल्य २ लाख ३१ हजार ९०० रुपैयाँ रहेको छ । बजाज पल्सर १२५ को मूल्य भने २ लाख ३४ हजार ९०० रुपैयाँ तोकेर विक्री हुँदै आएको छ ।
बजाज पल्सर १२५ को लम्बाई २०५५ एमएम, चौडाई ७५५ एमएम, उचाई १०६० एमएम, ग्राउन्ड क्लियरेन्स १६५ एमएम र ह्वीलवेस १३२० एमएम रहेको छ ।
होन्डा सिबी साइन एसपीको लम्बाई २००७ एमएम, चौडाई ७६२ एमएम, उचाई १०८५ एमएम, ग्राउन्ड क्लियरेन्स १६० एमएम र ह्वीलवेस १२६६ एमएम रहेको छ ।
इन्जिन
होन्डा सिबी साइन एसपीमा १२४.७३ सीसी क्षमताको सिंगल सिलिण्डर इन्जिन दिइएको छ । उक्त इन्जिनले अधिकतम ७५०० आरपीएममा १०.१६ पीएस पावर र ५५०० आरपीएममा १०.३० एनएम टर्क प्रदान गर्छ । यसमा १०.५ लिटर क्षमताको इन्धन ट्याङकी रहेको छ ।
बजाज पल्सर १२५ मा १२४.४ सीसी क्षमताको सिंगल सिलिण्डर ट्वीन स्पार्क डिटीएसआई इन्जिन उपलब्ध रहेको छ । उक्त इन्जिनले अधिकतम ८५०० आरपीएममा १२ पीएस पावर र ६५०० आरपीएममा ११ एनएम टर्क प्रदान गर्छ ।
टायर र सस्पेन्सन
बजाज पल्सर १२५ मा अगाडि टेलिस्कोपिक र पछाडि ट्वीन ग्यास शक सस्पेन्सन उपलब्ध यसमा दुबै ह्वील १७ इन्चको र ट्यूवलेस टायर प्रयोग गरिएको छ ।
सिबी साइन एसपीमा अगाडि टेलिस्कोपीक र पछाडि स्प्रीङ लोडेड हाइड्रोलिक टाइप सस्पेन्सन रहेको छ । यसमा दुबै टायर १८ इन्चको छ भने ट्यूवलेस टायर प्रयोग गरिएको छ ।
source : meroauto.com
प्रतिकृया दिनुहोस्