सल्यानमा भूमी सम्बन्धि समस्या समाधान आयोगको कार्यालय उद्घाटन
फागुन ०९, सल्यान । सल्यानमा भूमी सम्बन्धि समस्या समाधान आयोगको जिल्ला कार्यालय उद्घाटन भएको छ । आईतबार जिल्ला समन्वय समिति सल्यानको भवनमा कार्यालय उद्घाटन गरिएको हो ।
सल्यान प्रदेश सभा (क) का सांसद गुलाव जंग शाहको प्रमुख आतिथ्यतामा कार्यालय उद्घाटन गरिएको हो । कार्यक्रमा शुभकामना मन्तव्यको क्रममा प्रमुख अतिथि समेत रहेका सांसद शाहले, नेपालमा भूमी सम्बन्धि सबै समस्या समाधान होस, कोहि पनि भूमीहिन हुन नपरोस भनेर नेकपाको सरकारले आयोग गठन गरेर काम सुरु गरेको बताए । सल्यानका शारदा नदिको तटिय क्षेत्रमा रहेको अव्यवस्थित बसोबास व्यवस्थित गर्न र भूमी सम्बन्धि समस्या समाधान गर्नपनि उनले आयोगलाई शुभकामना दिएका थिए ।


त्यस्तै जिल्ला समन्वय समिति सल्यानका सभापति केश बहादुर विष्टले पनि आयोगलाई शुभकामना व्यक्त गरेका थिए । भूमी सम्बन्धि समस्या समाधानको लागी आयोगलाई स्थानिय तहको साथ र सहयोग हुनपर्ने उनले बताए । त्यस्तै कार्यक्रममा बोल्दै प्रमुख जिल्ला अधिकारी हेमराज तामाङले राज्यले आफ्नो कर्तव्य पुरा गर्ने क्रममा भूमी सम्बन्धि समस्या समाधान गरेर भूमीमा सवै नागरिकको अधिकार स्थापित गर्न सरकारले ७७ वटै जिल्लामा आयोग गठन गरेर काम अघि बढाएको र संघिय सरकारको प्रशासकिय प्रमुखको हैसियतले आयोगलाई गर्नूपर्ने सवै सहयोग गर्ने बताए ।
कार्यक्रममा सिद्धकुमाख गाउँपालिकाका उपाध्यक्ष पुष्पा बाहोरा र त्रिवेणी गाउँपालिकाका उपाध्यक्ष करुणा खड्काले पनि आयोगलाई शुभकामना व्यक्त गरेका थिए । आयोगका अध्यक्ष लोकबहादुर डाँगीको अध्यक्षतामा सुरु भएको कार्यक्रमको उद्घोषन आयोगका विज्ञ सदस्य कवि कुमार चन्दले गरेका थिए । आयोग सदस्य कुन्ता बस्नेतले कार्यक्रममा सहभागीलाई स्वागत मन्तव्य मार्फत स्वागत गरेकी थिईन ।







प्रतिकृया दिनुहोस्